काठमाडौं ।
नेपाली समुदायमा राष्ट्रिय पोशाकमा पर्ने टोपीको सम्मानमा बुधबार टोपी दिवस मनाइँदैछ । टोपी दिवसमा नेपाली पोशाकमा ढाका तथा भादगाउँले टोपी लगाएर नगर परिक्रममा गरिंदैछ ।
शिरको सम्मान र नेपाली शानसभ्यताको निशानी टोपीको महत्व झल्काउने र टोपी लगाउन प्रेरित गर्ने उदेश्यले दिवस मनाउन थालिएको हो ।पाउपोस मयलपोसमाथि शिरपोस लगाएपछि बल्ल नेपाली संस्कृतिको पहिरन पूरा हुनेगर्छ । कतिले शिरको टोपीमा नेपाली बहादुरी र राष्ट्रियता झल्काउन खुकुरी र झण्डाको प्रतीक समेत लगाउँछन् ।
दिवसले नेपाली सभ्यता तथा परिचयको प्रतीक टोपीको संरक्षण गर्न सहयोग गर्ने राष्ट्रिय टोपी दिवसका अभियान्ताहरुको विश्वास छ ।
खासमा हामिले भाद्गाउँले टोपी र ढाका टोपीलाई नेपाली टोपी मान्ने गर्छौ । नेपालका विभिन्न समुदायले आ–आफ्नो पहिचान र परम्परा झल्किने टोपी लगायने गर्छन् । आज देश तथा विदेशमा रहेका नेपालीले नेपाली टोपी लगाएर टोपी दिवस मनाउदैछन् ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved