भ्रमण वर्ष औपचारिक उदघाटनमै सीमित

  • पुस २०, २०७६
  • कालापानी मिडिया
alt

गत बुधबारदेखि नेपाल भ्रमण वर्ष २०२० सुरु भएपछि भारतीय पर्यटकहरु घुम्न आउने क्रम सुरु भएको छ। भ्रमण वर्ष सुरु भएसँगै सुदूर पहाडमा भएको हिमपातको मज्जा लिन पनि कैलालीको गौरीफन्टा, कञ्चनपुरको गड्डाचौकी लगायतका नाका भएर आउन थालेका हुन्। तर यहाँका पर्यटकीय स्थलबारे स्पष्ट जानकारी नहुँदा उनीहरु सीमा क्षेत्रमा अलमलमा पर्ने समस्या देखिएको छ।

त्यसका अतिरिक्त खानपान र बसोबासको समेत उचित प्रबन्ध नभएको गुनासो गरिन थालिएको छ। तर  तामझामका साथ भ्रमण वर्षको औपचारिक उद्घाटन गरेको सुदूरपश्चिम प्रदेश सरकार यसबारे अनभिज्ञ जस्तै देखिएको छ। उसले भ्रमण वर्षमा यहाँ घुम्न आउने पर्यटकको सहजताका लागि न सीमा क्षेत्रमा कुनै जानकारी मुलक सांकेतिक सूचना राखेको छ न त सहायता कक्ष नै। जसले गर्दा गलत सन्देश जाने चिन्ता व्यक्त गरिएको छ।

भ्रमण वर्ष सुरु भएसंगै प्रदेशका पर्यटकीय स्थल घुम्न आएका पर्यटकको उचित व्यवस्थापन गर्न नसके गलत सन्देश जाने देखिएको हो। नेपाल भारत पत्रकार संघका अध्यक्ष दिलबहादुर छत्यालले भ्रमण वर्ष सुरु भए लगतै पहाडी जिल्लामा भएको हिमपातले भारतीय पर्यटकलाई लोभ्याएको बताए।

‘हिउँ खेल्न मात्र नभई अन्य धार्मिक एवंम पर्यटकीय स्थलको अवलोकनका लागि पनि पर्यटक सीमा नाकाबाट भित्रिन थालेका छन्।’ छत्यालले भने। ‘यतिबेला हामीले खान, बस्न, सुरक्षा, आत्म सम्मान गर्न सकेनौँ भने गलत सन्देश जान्छ, भोली अन्य पर्यटक पनि आउँदैनन्।’

त्यसै कारण पनि सम्बन्धीत निकायले अहिले पर्यटकको उचित व्यवस्थापनमा ध्यान दिनुपर्ने सुझाव छत्यालको छ। उनले सुझाव दिँदै भने, ‘यो कुरामा स्थानीय सरकार, प्रदेश सरकार, प्रहरी प्रशासन लगायतका सबै निकायले ध्यान दिनुपर्छ।’ तर ठुलो बजेट खर्च गरी भ्रमण वर्षको उद्घाटन गरेको प्रदेश सरकारले भने पर्यटन प्रवद्र्धनका अन्य योजना ल्याउन सकेको छैन्।

प्रदेशका पर्यटकीय स्थलको प्रचार प्रसार एवंम् विभिन्न सूचना मुलक जानकारी पनि सीमा लगायतका पर्यटकको आवागमन हुने क्षेत्रमा राखिएका छैनन्। तर प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय भने ती योजना बनाउने चरणमा रहेको दावी गर्दै आएको छ।

मन्त्रालयका प्रवक्ता भरत श्रेष्ठले अब बस्ने प्रदेश पर्यटन प्रवद्र्धन समितिको बैठकमा औपचारिक कार्यक्रमको समिक्षा गर्दै कार्य योजना बनाईने बताउँछन्। ‘समितिको बैठक फेरी पनि बस्छ, वर्षभरी कसरी अगाडी बढ्ने भन्ने कार्य योजना तयार हुन्छ।’ उनले भने।

पर्यटकको प्रवेशद्धाराका रुपमा रहेका प्रदेशका सात स्थानमा सूचना केन्द्र स्थापना गरी आगन्तुक पाहुनाहरुलाई स्वागत गर्ने, पर्यटकीय स्थलबारे प्रचार प्रसार गर्ने लगायतका काम पनि गरिने श्रेष्ठले बताए। सुदूरपश्चिममा तेस्रो मुलक भन्दा पनि भारतीय पर्यटक आउने गरेका छन्।

तर उनीहरुलाई पर्यटक नमान्ने समस्या पनि छ। भ्रमण वर्षमा पनि प्रदेश र स्थानीय सरकारहरुले प्रचारमा आईसकेका पर्यटकीय स्थललाई केन्द्रीत गरी भारतीय पर्यटकलाई लक्षित गर्दै विशेष योजना ल्याउनुपर्नेमा उल्टै समान्य सूचना समेत राखिएका छैन्। यहाँको पर्यटन सम्भावनाको अध्ययन गर्न नसकेपछि र भारतीयलाई पर्यटक नमान्ने प्रवृत्तिले भ्रमण वर्षमा पर्यटक भित्रिनेमा आशंका व्यक्त गरिएको छ।

धनगढीका पर्यटन व्यवसायी प्रकाश भट्टले पनि प्रदेशमा पर्यटक भित्रउन पूर्व तयारी नदेखिएको बताए। ‘भ्रमण वर्ष मनाउने भन्यौँ तर पूर्व तयारीमा कमी रह्यो’, भट्टले भने। ‘पर्यटकीय गन्तव्यमा पूर्वाधारको कमी, भारतीयलाई पर्यटक मान्ने गरी कार्य योजना ल्याउन सकेनौँ।’

‘अहिले पनि भारतीय पर्यटकहरुले सीमा पारी गाडी छोडेर घुम्न आउने बाध्यता छ तर त्यसतर्फ हामीले अध्ययन नै गरेनौँ,’ भट्टले थपे। ‘उनीहरुलाई कसरी आफ्नो सवारी साधन सहित नेपाल आउन सकिने वातावरण बनाई, यहाँ आईसकेपछि सम्पूर्ण हिसाबले पर्यटकको सम्मान, सुरक्षा लगायतका कुराको प्रत्याभुती गर्न राज्यले लाग्नुपर्छ।’उनले बताए।

भ्रमण वर्षको मुखकै सुदूर पहाडका जिल्लामा भएको हिमपातले भारतीय पर्यटकको मन लोभ्याएको छ। उनीहरु हिउँ खेल्नकै लागि पहाडी जिल्ला पुग्न थालेका छन्। तर प्रदेश सरकार र स्थानीय सरकार यसबारे बेखबर छन्।

सरोकारवालाहरुले भने पर्यटन प्रवद्र्धनका लागि प्रकृतिले नै राम्रो अवसर जुटाईदिएकाले अहिले हिउँ खेल्न पुग्ने भारतीय पर्यटकलाई लक्षित गरी प्याकेजहरु ल्याउनुपर्ने र सुरुवातमै राम्रो सन्देश प्रवाह गर्नुपर्ने सुझाव पनि दिएका छन्।  

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
आजको मौसम - देशका वि ...

काठमाडौं । देशभर पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायमै छ। कोशी प्रदेशलगायत देशको पहाडी भ ...

यु-१९ महिला विश्वकप ...

काठमाडौं । आइसीसी यु-१९ महिला टि-२० विश्वकप एसिया छनोटअन्तर्गत नेपालले शनिबार युनाइटेड अरब इमिरेट्स ...

संयुक्त टोलीले गर्यो ...

इनरुवा । सुनसरीस्थित सशस्त्र प्रहरी बल–४ नम्बर गण र भारतीय सीमा सुरक्षा बल (एसएसबी)को संयुक्त ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved