पोखरा,
हरेक दिन हामीले पत्रपत्रिका पढेर फ्याक्ने गर्छौ । तर पोखराका केही महिलाहरुले भने त्यसको सदुपयोग गरेका छन् । उनिहरुले त्यसबाट सिसाकलम उत्पादन गर्ने गरेर आमदानी समेत गर्न थालेका छन् ।
स्वदेशी उत्पादनबाट समृद्धि खोजौँ भन्ने सोचकासाथ पोखराका महिलाले सिसाकलमको उत्पादन शुरु गरेका हुन् । साना–साना उद्योगबाट परनिर्भरता घटाउन सकिने भन्दै पोखराका १५ महिला उद्यमी विन्ध्यवासिनी दिदीबहिनी समूहलले नेपाली सिसाकलमको उत्पादन गरेर बजारमा ल्याएका छन् । करिव २ महिना अघिदेखि शुरु गरिएको उत्पादनले अहिले बजारमा राम्रो स्थान पाएको छ ।
समूहका १५ सदस्यले मिलेर चीनबाट १३ लाखमा सिसाकलम बनाउने उपकरण ल्याएर उद्योग सञ्चालनमा आएको छ । दैनिक एक हजार बढी उत्पादन हुने सिसाकलमको एक प्रतिको १० रुपैया र दर्जनको १०० रुपैयामा बिक्री वितरण हुँदै आएको समुहको भनाइ छ ।
पोखरामा जारी राष्ट्रिय औद्योगिक व्यापार मेलामा हाल उक्त सिसाकलमको बिक्री वितरण भइरहेको छ । नियमित सम्पर्क र एकचोटी प्रयोग गरेकाले पुनः प्रयोग गर्ने भएपछि उत्पादनको माग राम्रो भएको सञ्चालकहरुको भनाइ छ । मेलामा आएकि सुमित्रा कुमालले पत्रिकावाट पनि पत्रिका वन्छ भन्ने कुरा सुन्दा आफुलाई नौलो लगेको बताउँदै नेपाली उत्पादनलाई प्रोत्साहन दिन आफुले सिसाकलम खरिद गरेको बताइन ।
नयाँ सोच र प्रविधिसँगै पोखरेली दिदीबहिनीले उत्पादन गरेको नेपाली सिसाकलमलाई ‘ब्राण्डिङ’ गर्न सके करोडौँ रकम बाहिर जानबाट रोक्न सकिन्छ । उतिमात्रै होइन, भारत र चीनबाट आयात हुने सिसाकलमलाई नेपाली बजारले छिट्टै विस्थावित गर्न सकिने कुरामा दुइमत छैन ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved