कैलाली,
कुनै पनि वस्तुको निकासी पैठारी गर्दा सम्बन्धीत निकायको सिफारिस अनिवार्य गरिएपछि कैलालीको गौरीफन्टा नाकाबाट गत वर्षदेखि तरकारी तथा फलफूल जन्य वस्तुको आयात भएको छैन्। त्यसघिका वर्षमा भने त्रिनगर भन्सारबाट वर्षेनी ठुलो मात्रामा फलफूल तथा तरकारीजन्य वस्तु भित्रिने गरेको थियो।
कैलाली भन्सार कार्यालयका सूचना अधिकारी डिल्लीराज शर्माले सम्बन्धीत निकायको सिफारिस अनिवार्य गरिएपछि तरकारी तथा फलफूलजन्य वस्तुको आयात नभएको जानकारी दिए। त्यसै कारण अहिले व्यवसायीहरु नेपालगञ्जको रुपडिया नाकाबाट तरकारी, फलफूल, जडिबुटी एवंम् कृषिजन्य वस्तुको आयात निर्यात गर्दै आएका छन्।
तर आईतबार मात्रै भारतीय पक्षले गौरीफन्टा नाकामा प्लान्ट क्वारेन्टाईन चेक पोष्टको उद्घाटनका गरेको छ। प्लान्ट क्वारेन्टाईन सञ्चालन भए सीमा नाकाबाट सहज रुपमा तरकारी, फलफूल, जडिबुटी लगायतका वस्तु आयात निर्यात गर्न सकिने भन्दै व्यवासायीहरु खुसी भएका छन्।
तर शिघ्र सञ्चालनमा ल्याउनुपर्ने माग गरिएको छ। कैलाली तरकारी तथा फलफूल व्यवसायी संघका अध्यक्ष खगेन्द्र जोशीले प्लान्ट क्वारेन्टाईन सञ्चालन भए विगतमा अन्य नाकाबाट वस्तु आयात गर्नुपर्ने बाध्यताको अन्त्य हुने बताए। उनले वषौँदेखि गौरीफन्टा नाकामा क्वारेन्टाईन स्थापना गरिनुपर्ने यस क्षेत्रका व्यवसायीको माग ढिलै भएपनि सम्बोधन हुन लागेको खबरले खुसी भएको पनि बताए।
कैलाली उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पुष्कर ओझाले विगतमा नेपालगञ्ज लगायतका नाकाबाट तरकारी फलफूल लगायतका सामान भित्र्याउनुपर्ने बाध्यताले कुहिने, षड्ने एव्म खर्चिलो हुने समस्या पनि रहेको बताए। जसले गर्दा बजारमा ग्राहकहरुले महंगो मूल्यमा गुणस्तरीय वस्तु खरिद गर्न नपाउने समस्या रहेको उनी बताउँछन्।
तर गौरीफन्टा नाकामा प्लान्ट क्वारेन्टाईन चेक पोष्ट स्थापना भई सञ्चालनमा आए यी सबै समस्याको अन्त्य भएर बजारमा कम मूल्यमा गुणस्तरीय विश्वास उनको छ। गौरीफन्टा प्रदेशकै प्रमुख व्यापारिक नाका भएकाले क्वारेन्टाईन भएपछि जडिबुटी जन्य वस्तुको पनि सहज निकासी गर्न सकिने विश्वास गरिएको छ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved