सरकारले द्विपक्षीय र बहुपक्षीय लगानी सम्झौताको कार्यान्वयनमा सिर्जना भएका वा हुने विवादहरूको निरूपण र प्रतिरक्षा गर्नका लागि अर्थ मन्त्रालयका राजस्व सचिवको संयोजकत्वमा ९ सदस्यीय आवश्यक तयारी संयन्त्र गठन गर्ने निर्णय गरेको छ।
पुस २१ गते बसेको मन्त्रिपरिषद बैठकले नेपाल सरकार पक्ष भएका विभिन्न द्विपक्षीय र बहुपक्षीय लगानी सम्झौताका विषयमा सरकारलाई सल्लाह, सुझाव दिन संयन्त्र गठन गरेको हो। यसले लगानीका विषयमा देखिएका वा देखिनसक्ने समस्याका विषयमा सरकारको प्रतिरक्षा गर्ने सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले बिहीवार आयोजित पत्रकार सम्मेलनमा बताए।
यो संयन्त्रले सरकारले द्विपक्षीय र बहुपक्षीय लगानी सम्झौता गर्दा त्यसले पार्न सक्ने प्रभाव तथा भइरहेका सम्झौताको कार्यान्वयनमा देखिएका समस्या समाधानको लागि स्थायी संयन्त्रको रूपमा काम गर्ने अर्थ मन्त्रालयकमा राजस्व सचिव तथा संयन्त्रका संयोजक शिशिरकुमार ढुङ्गानाले जानकारी दिए। संयन्त्रमा अर्थ मन्त्रालय कानून महाशाखाका सहसचिव, महान्याधिवक्ता कार्यालयका सहसचिव, कानुन मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ती, परराष्ट्र, उर्जा तथा सिचाई, सञ्चार तथा सूचना प्रविधि र प्रधानमन्त्री कार्यालयका सहसचिव सदस्य रहने उनले बताए।
‘यो द्विपक्षीय र बहुपक्षीय लगानी सम्झौताका विषयमा सरकारलाई आवश्यक सल्लाह सुझाव दिने संयन्त्र हो। उनका अनुसार यसले नयाँ लगानी सम्झौताको तयारी तथा सञ्चालनमा आइरहेका कुनै योजनामा देखिएका समस्या समाधानको लागि सरकारलाई उचित सुझाव दिने छ। त्यस्तै, मन्त्रिपरिषदले ट्रंक तथा डेडिकेटेड लाइनको समस्या समाधानका लागि उर्जा सचिवको दिनेश घिमिरेको संयोजकत्वमा अध्ययन समिति गठन गर्ने निर्णय गरेको छ।
समितिको सदस्यमा अर्थ मन्त्रालयका सचिव राजन खनाल, उद्योग मन्त्रालयकी सचिव यमकुमारी खतिवडा तथा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक रहेका छन्। समितिले १५ दिनभित्र अध्ययन गरी सुझाव सिफारिस गर्नुपर्नेछ। विगत एक वर्षदेखिको प्राधिकरण र उद्योगीबीचको महसुल विवाद अदालतबाट पनि समाधान नभएपछि उद्योगीहरुले सरकालाई गुहारेका थिए।
त्यस्तै मन्त्रिपरिषद बैठकले पुस २७ र २८ गते भारतको नयाँ दिल्लीमा हुने नेपाल–भारत पेट्रोलियम पदार्थ र ग्याँसको विषयमा जोइन्ट वर्किङ ग्रुप ९जेडब्ल्यूजी० को बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव धुव्र घिमिरेको नेतृत्वको प्रतिनिधि मण्डललाई सहभागी हुन स्वीकृति दिएको छ।
मृतक र घाइते सोही बसमा स्वर्गद्धारी मन्दिर दर्शन गरी फर्कने क्रममा ओरालो बाटो भएको कारण गाडीबाट झारेर पैदल हिड्दै गर्दा घटना भएको प्रहरीले जनाएको छ। गाडी र चालक प्रहीको नियन्त्रणमा रहेका छन्।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved