नवलपरासी,
नेत्र विक्रम चन्द विप्लव समुहका जिल्ला सदस्य मोहन सापकोटालाई पश्चिम नवलपरासी प्रहरीले पक्राउ गरेको छ । पश्चिम नवलपरासी वर्दघाट ४ निवसी सापकोटालाई इलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरी टोलिले पक्राउ गरेको हो ।
विंस २०७५ फागुन ३० गते विप्लब समुहले गरेको वन्दको पुर्वसन्ध्यामा फागुन २९ गते राति तुलसीपुर स्थीत पुर्वपश्चिम राजमार्गमा दुई ट्रकमा आगो लगाई संगठनिक अपराध गरेको र विसं २०७६ साउन २६ गते बर्दघाट २६ धनेवा स्थीत एनसेल टावरमा वम फिस्फोट मुद्धामा साफकोटा फरार अभियुक्त रहेको जिल्ला प्रहरी कार्यालयले जानकारि दिएको छ । पक्राउ परेका सापकोटलाई जिल्ला प्रहरी कार्यालयमा राखी थप अनुसन्धान भइरहेकोे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक विरेन्द्र थापाले बताए ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved