सामाजिक कार्यमा सक्रिय युवाहरुको समूहले हेल्प फर ह्याप्पीनेस सुदूरपश्चिमले चालु आर्थिक वर्षको छ महिनामा ३४जनालाई रक्तदान गरेको छ। ह्याप्पीनेसमा आवद्ध युवाहरुले विभिन्न किसिमका गम्भीर प्रकृतिका ३४ जना विरामीलाई आपतकालीन रगत दिएका हुन्।
शनिबार धनगढीमा भएको संस्थाको बैठकमा हाल सम्मका कार्य प्रगती प्रस्तुत गर्दै हेल्प फर ह्याप्पीनेस सुदूरपश्चिमका संयोजक घनश्याम भण्डारीले गत असार ३० गते यता संस्थामा आवद्ध विभिन्न रक्त समूहका युवाले ३४ जनालाई रगत दिएको जानकारी दिए।
जसमा संयोजक भण्डारी, आपतकालीन असहाय सहयोग कोषका सदस्य कमल पनेरु, सुनिल ओझा, कोषकै सदस्य डम्बरराज योगीले दुईजना विरामीलाई दुई–दुई पटक रगत दिएका छन्। यस्तै आपतकालीन असहाय कोषका सदस्य कृष्णबहादुर खड्का, उज्जवल बुर्लाकोटी, आशिष केसी, सुप्रिया गुरुङ, भीमबहादुर विष्ट, सागर मडै, बमबहादुर राना, रामनरेश राना, शिवशंकर चौधरी, रविन तामाङ, जयराज पाण्डे, अर्जुन शाह, भुवन पनेरु, लक्ष्मी श्रेष्ठ
मोहित केसी, अभिशेक श्रेष्ठ, महेश ओझा, विवश चौधरी, पर्शुनारायण चौधरी, सुनिल सापकोटा, रामचन्द्र पाठक, कृष्णबहादुर घर्तीमगर, कविराज जोशी, सन्तोश मगर र समूह सदस्य महेश चौधरीले आपतकालीन रक्तादान गरेको संयोजक भण्डारीले बताए।
यसैगरी गत असार ३० मा हेल्प फर ह्याप्पीनेस र धनगढी ग्यालरीको संयुक्त आयोजनामा भएको रक्तदान कार्यक्रममा पनि २३ जनाले रक्तादान गरेको संस्थाले जनाएको छ। ह्याप्पीनेसले आमाको माया छात्रबासमा आश्रीत विद्यार्थीलाई निःशुल्क आँखा परिक्षण तथा औषधी वितरण, इमरजेन्सी मेडिकल टीमको सहयोगमा संस्थाको सम्पर्कमा आउने विरामी तथा आफन्तहरुलाई डाक्टरको निःशुल्क परामर्श एवंम औषधी उपचारमा सहुलियत गरेको, सडकमा वेवारिसे अवस्थामा भेटिएका एकजनाको उद्दारमा सहयोग समेत गरेको छ।
विभिन्न मेडिसिन कम्पनीको सहयोगमा सडकमा वेवारिसे भेटिएका विरामी पशुहरुको निःशुल्क औषधी उपचार, पशु पालक किसानलाई उचित सल्लाह र परामर्शका काम समेत गरेको संस्थाले जनाएको छ। संस्थामा आवद्ध ७ जना सदस्यको जन्म दिनको अवसरमा असहाय व्यक्तिलाई आश्रय दिदै आएका सामाजिक संस्थामा आर्थिक एवंम खाद्यान्न र लत्ताकपडा पनि सहयोग गरेको संयोजक भण्डारीले बताए।
हेल्प फर ह्याप्पीनेसको चौथो स्थापना दिवसको आमाको माया छात्रबासमा आश्रीत विद्यार्थीलाई ३२ जोर ट्रयाक सुट उपलब्ध समेत गराएको छ। शनिबारको बैठकमा टीम सुदूरपश्चिमले संस्थालाई पुगाएको योगदानको कदर गर्दै विभिन्न क्षेत्रमा क्रियाशिल पाँच जनालाई प्रदेश कमिटिमा छनौट गरेको छ।
छनौट हुनेमा इमरजेन्सी मेडिकल टीमका सदस्य एवं दृष्टि विशेषज्ञ डाक्टर युवराज जोशी, पशु चिकित्सक डाक्टर हेमराज अवस्थी, वरिष्ठ रेडियोलोजिष्ट डाक्टर होमराज पन्त, पत्रकार जनकसिंह विष्ट र मेडिकल अधिकृत डाक्टर विष्णु जैशी रहेका छन्।
यस्तै संस्थालाई उत्कृष्ट कार्यहरु गर्ने दृष्टि विशेषज्ञ डाक्टर जोशी, पत्रकार विष्ट, आपतकालीन असहाय कोषका सदस्य काश्मिर साउँद, राजेश केसी र अभिशेक श्रेष्ठलाई सम्मान पनि गरिएको छ। राष्ट्रिय युवा सञ्जालको केन्द्रीय सदस्य एवंम् सुदूरपश्चिम इन्चार्जको जिम्मेवारी पाएका संस्थाका सदस्य ललित ओझालाई पनि सम्मान सहित बधाई ज्ञापन गरिएको छ।
बैठकमा हेल्प फर ह्याप्पीनेस सुदूरपश्चिमका संयोजक भण्डारीले संस्थाको हाल सम्मको प्रगती विवरण र उद्देश्यका बारेमा जानकारी गराएका थिए भने आर्थिक संयोजक केशव पौडेलले संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए।
बैठकमा अन्य समसामयिक विषयमा समेत छलफल गरिएको थियो। भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै धनगढीको शिवपुरी धाममा संस्थाको बैठक सम्पन्न भएको हो।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved