एक सातामा एकता प्रकृया टुङग्याउनुपर्ने राप्रपा अध्यक्ष कमल थापाको भनाई

  • पुस २८, २०७६
  • कालापानी मिडिया
alt

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आगामी जेठ महिनामा पार्टीको महाधिवेशन निर्धारण गरिएकाले अबको एक साताभित्र एकता प्रयास टुंगिनु पर्ने बताउनु भएको छ ।
राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको २ सय ९८ औँ जन्मोत्सवका अवसरमा राप्रपाद्वारा आयोजित चियापान समारोहका क्रममा हाम्रो कालापिानी संग कुरा गर्दै अध्यक्ष थापाले राप्रपा संयुक्तलाई अब बिलम्ब नगरी एकता प्रक्रियामा आउन आग्रह गरेका हुन्। थापाले राप्रपा संयुक्तले उठाएका प्राय सबै माग सम्वोधन हुने गरी आफूहरुले प्रस्ताव बुझाएको र एकताका लागि अघि बढ्न कुनै पनि व्यवधान नभएको भन्दै चाडै एकता प्रकृयामा आउन आग्रह गरेका हुन्।
एकताकालागि लामो समय प्रतिक्षा गरेको र अब आफ्नो पार्टीका गतिविधि रोकिराख्न नमिल्ने हुँदा आगामी जेठमा निर्धारित केन्द्रीय महाधिवेशनको तयारीमा जुट्नुको विकल्प नभएको थापाले उहाँको भनाइ थियो ।

कहिलेदेखि फुट्न थाल्यो राप्रपा ?
सूर्यबहादुर थापा नेतृत्वमा २०४७ सालमा राष्ट्रिय प्रजातन्त्र पार्टी गठन भएको थियो। तर पदीय भागबन्डामा कुरा नमिल्दा उक्त पार्टीबाट राष्ट्रिय प्रजातन्त्र पार्टी सूर्यबहादुर थापा र राष्ट्रिय प्रजातन्त्र पार्टी लोकेन्द्र बहादुर चन्द दुई गुट जन्मिए। आफ्नो अस्तित्व जोगाउन दुई वर्षपछि फेरी मिलेका उनीहरुले २०५४ सालमा फेरी फुटको अभ्यास दोहोर्‍याए अनि तीन वर्षपछि एकै ठाउँमा आउन बाध्य भए।
२०५९ सालमा राजा ज्ञानेन्द्र शाहले असक्षम ठहर गरी प्रधानमन्त्री शेरबहादुर देउवालाई हटाएपछि प्रधानमन्त्री बन्ने वा नबन्ने भन्ने विषयमा कुरा नमिल्दा सुर्यबहादुर थापाले राजालाई साथ दिएनन्। फलस्वरुप लोकेन्द्र बहादुर चन्द फेरि प्रधानमन्त्री बन्न पुगे ।
त्यति बेलासम्म सूर्यबहादुर थापाका पक्षमा रहेका कमल थापाले राजा ज्ञानेन्द्रलाई साथ दिँदै २०६२ सालमा छुट्टै दल राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल गठन गरेका थिए। यता सूर्यबहादुर थापाले पनि पशुपतिशमशेर राणाको पार्टीबाट अलग भएर राष्ट्रिय जनशक्ति पार्टी गठन गरेका थिए। पहिलो संविधानसभा चुनावमा हार व्यहोर्नु परेपछि लोकेन्द्र बहादुर चन्द पक्षको राप्रपा र सुर्यबहादुर थापा नेतृत्वको राष्ट्रिय जनशक्ति पार्टीबीच २०७० सालमा एकता भएको थियो।

२०७३ मंसिरमा पशुपति शमशेर नेतृत्वको राप्रपा र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच एकता हुँदा राष्ट्रिय प्रजातन्त्र पार्टी जन्मिएको थियो। फेरी उक्त एकता प्रक्रियामा असन्तुष्ट बन्दै प्रकाशचन्द्र लोहनीले पार्टी छाडे र एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादी बनाए । यता, फेरी पशुपति शमशेर राणाले पनि राप्रपाबाट केही सांसद सहिद लिएर राप्रपा प्रजातान्त्रिक नामको छुट्टै दल गठन गरे । तर दुवै पार्टीले स्थानीइ तहको निर्वाचनमा नराम्रो संग हार व्योहेरेपछि दवै दल मिलेर नयाँ दल राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्त बनेको छ ।
उता कमल थापा नेतृत्वको राप्रपाले पनि स्थानीय निकायको निर्वाचनमा ठोकर खानु प¥यो । पटक पटक फुट्ने र जुट्ने राप्रपालाई अहिले भने जनताले पनि टुटफुटको राजनीतिको संघा दिदै आएका छन् ।
अहिले पनि राप्रपा संयुधm सँग कमल थापा नेतृत्वको राप्रपाको एकताको प्रयास भएइरहेको छ । तर एकता प्रकृयाले भने सार्थकता पाएको छैन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
संयुक्त टोलीले गर्यो ...

इनरुवा । सुनसरीस्थित सशस्त्र प्रहरी बल–४ नम्बर गण र भारतीय सीमा सुरक्षा बल (एसएसबी)को संयुक्त ...

नारायणगढ-मुग्लिन सडक ...

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डको सत्र किलोमा शुक्रबार बिहान बस र हायस ठोक्किँदा मृत्यु हुनेको संख् ...

पुटिनलाई युक्रेनमा छ ...

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बिहीवार युरोपले युक्रेनमा आक्रमण रोक्न क्रेमलिनलाई छुट दि ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved