सुनसरी ।
गाउँघरमै सिंहदरबारको सरकारी नारा प्रति आम सर्वसाधारण पूर्ण रुपमा विश्वस्त बन्न नसकिरहेका बेला पूर्वाधार बिकासको जस लिने होडमा जुटेका दलहरुबिचको जुहारीले जनतामा अझै नैराश्यता बढाएको छ । सुनसरीको इनरुवामा भौतिक पूर्वाधार विकास मन्त्रालय प्रदेश एकले निर्माण गर्दै गरेको ढल नाला सहितको कालोपत्रे सडक निर्माणमा यतिबेला पक्ष र प्रतिपक्षी दलका नेताहरुको लडाइले यहाँका जनतामा झन नैरास्यता फैलाएको छ ।
सुनसरीको इनरुवामा प्रदेश एक सरकार मातहत रहेको भौतिक पूर्वाधार विकास मन्त्रालयको ३२ करोड ८६ लाख ६ हजार ९ सय १८ रुपैंयाको लागतमा ढल नाला सहितको कालोपत्रे सडक निर्माणको काम थालिएको छ । सोही सडक खण्ड यतिबेला पक्ष र प्रतिपक्षी दलका नेताहरुकालागि जँगाको लडाई बन्न पुगेको छ ।
नेपाली काँग्रेस तर्फका नेताहरुले योजना पार्नुमा आफुहरुको योगदान भन्दै निर्माणाधिन सडक शिलान्यास नै गरिदिएपछि वडा र विपक्षी दलबिच आरोप र प्रत्यारोपको अवस्था सृजना हुन पुगेको छ । प्रदेश सांसद समेत रहेका प्रदेश एकका प्रमुख प्रतिपक्षी दलका नेता राजिब कोइरालाले इनरुवा ६ मधेशा खण्डको शिलान्यास गरेसँगै ३२ करोडको जस लिने विषय चरम उत्कर्षमा पुगेको हो । स्थानीय तह निर्वाचनमा एमालेबाट अध्यक्ष सहितका जनप्रतिनिधी जितेकोे यस वडामा संचालित योजना वडा कार्यालयले नितान्त आफुहरुको पहलमा ल्याएको दावी गर्दै आएको छ । काँग्रेसले वडावासीमा भ्रम छर्ने काम गरेको भन्दै वडाका प्रतिनिधीहरुले भने विपक्षीलाई झुटको खेती नगर्न सुझाएका छन् ।
उता सडक शिलान्यास गर्न मधेश पुगेका प्रदेश सांसद तथा प्रदेश एकका प्रमुख प्रतिपक्षी दलका नेता राजिब कोइरालाले वडाले लगाएको आरोप अस्विकार गरेका छन् । कोइरालाले उक्त योजना व्यक्तिगत आफ्नो पहलमा परेको भन्दै वडा र वडाका प्रतिनिधीहरुलाई राजनैतिक द्वन्द्वको अवस्था सृजना नगर्न आग्रह गरे ।
कोइरालाले वडाले झिकेको बखेडालाई बेतुकको राजनीतिको संज्ञा दिएका छन् । इनरुवाको वडा नम्बर ५,६ हुँदै रामधुनी देखि सैनिमैनी सडक नाम दिइएको आयोजना सुरुवाती अवस्थामै आफुले पारेको कोइरालाको दावी छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved