दाङ ।
दाङ जिल्ला अहिले सडक मानव मुक्त बन्दै जान थालेको छ ।
निलसागर मानव सेवा आश्रम नामक संस्थाले राप्ती गाउँपालिका ८ पिपरीमा मानव सेवा आश्रम खोलेर अभियानको सुभारम्भ गरेको हो ।
मानसिक सन्तुलन गुमाएका, असहाय तथा बेसहारा मानिसहरूलाई आश्रममा राखी लालनपालन तथा उपचार गरी पुर्नस्थापना गर्ने उद्देश्यले आश्रम खोलिएको आश्रमका दाङ जिल्ला अध्यक्ष प्रकाश विष्टले जानकारी दिनुभयो । करीव एक महिना बाट सुरु गरीएको अभियानले हालसम्म दाङ जिल्ला भरीबाट ३० जना मानसिक रोगि भएका मानिसहरु आश्रममा ल्याएको र ति मध्ये ९ जना महिला र अन्य २१ पुरुष छन् । जिल्लाका सबै मानसिक बिरामिहरु एकै खालका नहुने र भागेर जान खोज्ने प्रबृति समेत भएकाले यस्ता मानिसलाई सुरक्षित राख्न भौतिक पुर्बाधार अपुग भएकाले यसमा सहयोग गर्न आश्रमले अपिल गरेको छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved