इलाम ।
नेपाल भारत सिमा नाका इलामको पशुपतिनगरमा अध्यागमन कार्यालय खोलिएको ९ महिना बितीसक्दा समेत सेवा प्रवाहको काम हुन सकेको छैन । सूर्योदय नगरपालिकाको पशुपतिनगरमा गत बैशाखमा गृहमन्त्री रामबहादुर थापा वादलले उद्घाटन गरी संचालनमा ल्याईएको अध्यागमन कार्यालय अहिले काम बिहीन बनेको हो ।
स्थानीयको लामो समयको प्रतिक्षा पछि पशुपतिनगरमा अध्यागमन केन्द्र स्थापना भयो । तर भारतीय पक्षले अध्यागमन कार्यालय स्थापना नगरेका कारण भने नेपालको अध्यागमन कार्यालयले सेवा दिन सकेको छैन । भारत तर्फ अध्यागमन कार्यालय नहुँदा छिटफुट रुपमा आएका तेस्रो देशका पर्यटकलाई अध्यागमन कार्यालय काकडभिटा पठाईने गरिएको छ ।
तेस्रो देशका पर्यटक उक्त कार्यालयमा महिनामा एक दुई जना मात्र आउने गरेका छन । कर्मचारी समायोजन पछि दुई जना कर्मचारीका भरमा काम बिहीन अवस्थामा रहेको अध्यागमन कार्यालयमा ८ जनाको दरबन्दी छ । तर , सहायक कम्युटर अपरेटर थेगिम र कार्यालय सहयोगी लक्ष्भी भटराईको भरमै कार्यालय संचालन भइरहेको छ । काँकडभिट्टा अध्यागन कार्यालयका प्रमुख जनक कोइराला कहिले काही आएर पशुपतीनगरको काम हेर्ने गरेका छन् । भारतीय पक्षले फाटकमा अध्यागमन कार्यालय खोलेपछि मात्र नेपालतिरको कार्यालय काममा आउने बताइएको छ । भारततर्फ पनि तत्काल कार्यालय खुल्ने भनिएपनि अहिलेसम्म खोलिएको छैन ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved