डडेल्धुरापनि विमानस्थल निर्माणका लागि सम्भाव्यता अध्ययन सुरु

  • पुस २९, २०७६
  • कालापानी मिडिया
alt

प्रकाश विसी,
२९ पुस, डडेल्धुरा ।
सुदुरपश्चिम प्रदेशमा विमानस्थल नभएको जिल्लाका रुपमा रहेको डडेल्धुरामा विमानस्थल निर्माणका लागि संभाव्यता अध्ययन सुरु भएको छ । सुदुरपश्चिम प्रदेशका ९ जिल्ला मध्ये ८ जिल्लामा यसअघि नै विमानस्थल निर्माण भइसकेका छन् भने वन्द रहेका विमानस्थलहरु पुनः निर्माणको क्रममा छन् ।
डडेल्धुरा जिल्लामा प्रारम्भिक अध्ययन पश्चात विमानस्थलको सम्भाव्यता अध्ययन सुरु भएको छ । डडेल्धुरा जिल्लाको अजयमेरु गाउँपालिका १ को पुइलेक देखि वयलडाँडा सम्मको १२ सय मिटर क्षेत्रमा सम्भाव्यता अध्ययन सुरु भएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सम्भाव्यता अध्ययनका लागि पठाएको प्राविधिक टोलीले सम्भाव्यता अध्ययनका रुपमा स्थलगत निरीक्षण गरि लम्बाइ चौडाइ लिनुका साथै ड्रोन क्यामरा मार्फत उक्त क्षेत्रको नक्सा लिएको छ । स्थानीयमा पनि लामो समयदेखि चर्चामा रहेका स्थानमा फेरी अध्ययन सुरु भएपछि अब विमानस्थल बन्ने आशा जागेको छ ।

संम्भाव्यता अध्ययन गरिएको क्षेत्रको भू–वनोट लगायत ल्याण्डिङ र टेकअफ गर्ने बेलाका लागि अपटिकल लिमिटेसन लगायतका कुराहरुलाई हेर्दा पहाडी जिल्लाका लागि उपयुक्त स्थान रहेको अध्ययन टोलीले जनाएको छ । २०७० सालबाट डडेल्धुरामा विमालस्थल निमार्णका लागि विभिन्न स्थानमा माग भइरहेको भएपनि अहिले आएर पुइलेकमा प्रारम्भिक अध्ययन पश्चात सम्भाव्यता अध्ययन सुरु भयो
। तर, यसको पूर्ण निश्र्कष आउन ३ महिना लाग्नेछ । यसअघि पुईलेक संगै डडेल्धुराको बिरादे, दहभेटा, डाँडाबन क्षेत्रमा पनि प्रारम्भिक अध्ययन भएको थियो । बिरादेमा बिमानस्थलका लागि आवश्यक धावन मार्गको लम्बाई नपुगेको, दह भेटामा पर्याप्त क्षेत्रफल नभएको, र डाँडाबनमा धावन मार्गका लागि पर्याप्त क्षेत्रफल रहेको भएपनि धावन मार्ग पहाडले छेक्ने सम्भावना रहेको प्रारम्भीक अध्ययन टोलीले जनाएको थियो । पुईलेकमा अध्ययन गरिए अनुसार विमानस्थलका लागि आवश्यक धावन मार्गको लम्बाई, पर्याप्त क्षेत्रफल पाइएको छ ।
विमानस्थल निर्माणका लागि डडेल्धुराको पुइलेकमा कालोपत्रे सडक पहुँच भएकाले ४ वर्षको समयावधि लाग्न सक्ने प्राविधिक टोलीले देखाएको छ । विमालस्थल अध्ययन भइरहेको क्षेत्र डडेल्धुरा सदरमुकाम बाट १२ किलोमिटर टाढा पर्छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
संयुक्त टोलीले गर्यो ...

इनरुवा । सुनसरीस्थित सशस्त्र प्रहरी बल–४ नम्बर गण र भारतीय सीमा सुरक्षा बल (एसएसबी)को संयुक्त ...

नारायणगढ-मुग्लिन सडक ...

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डको सत्र किलोमा शुक्रबार बिहान बस र हायस ठोक्किँदा मृत्यु हुनेको संख् ...

पुटिनलाई युक्रेनमा छ ...

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बिहीवार युरोपले युक्रेनमा आक्रमण रोक्न क्रेमलिनलाई छुट दि ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved