सुदूरपश्चिम प्रदेश सरकारले थारु समुदायको माघी पर्वको अवसरमा एक दिन विदा दिने निर्णय गरेको छ।सुदूरपश्चिमको तराईमा थारु समुदायले माघी मनाउछन् भने पहाडी क्षेत्रमा माघे संक्रान्ति मनाइन्छ। सुदूरपश्चिम प्रदेश सरकार, आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सूचना जारी गरेर माघ १ गते सार्वजनिक विदाको घोषणा गरेको हो।
थारु समुदायको बहुल क्षेत्र रहेको कैलालीको कैलारी गाउँपालिकाले माघी पर्वको अवसरमा ३ दिन बिदा दिने निर्णय गरिसकेको छ। गाउँपालिकाले माघ १, २ र ३ गते बिदा दिने निर्णय गरेको हो ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved