इटहरी नमुना कलेज प्रदेश नम्वर १ मै उत्कृष्ट

  • माघ १, २०७६
  • कालापानी मिडिया
alt

इटहरी, त्रिभुवन विश्वविद्यालयले भर्खरै सार्वजनिक गरेको स्नातक तह बिए अन्तीम वर्षको परीक्षाको नतिजामा इटहरी नमुना कलेजले प्रदेश नम्वर १ मै उत्कृष्ट नतिजा ल्याएको दावी गरेको छ । क्याम्पस प्रमुख धर्म न्यौपानेका अनुसार मानवीकी संंकायमा ९८ प्रतीशत विद्यार्थी उत्कृष्ट अंकका साथ उतीर्ण भएका छन । २०७० सालमा स्थापना भएको कलेजले स्थापनाकाल देखि नै उत्कृष्ट अंक ल्याउँदै आएको छ । त्रिभुवन विश्वविद्यालयले गत वर्ष लिएको स्नातक मानवीकी संकाय अन्तर्गत (ब्याचलर इन मास कम्युनीकेसन ) र (सोसल वर्क) को नतिजा अनुसार नमुना कलेज नेपालकै उत्कृष्ट कलेज बन्न सफल भएको हो । त्रिभुवन विश्वविद्यालय अन्तर्गत प्रदेश १ मा रहेका (ब्याचलर अइ मास कम्युनीकेसन ) र (सोसल वर्क) पढाई हुने कलेजहरु मध्ये इटहरी नमुना कलेजका विद्यार्थीहरुले उत्कृष्ट नतिजा ल्याउन सफल भएको बताए ।
स्थापनाको छोटो समयमै परीक्षामा उत्कृष्ट नतिजाका लागि प्रदेश १ मा नमुना कलेज परिचित छ । क्याम्पस प्रमुख धर्म न्यौपानेले भने, ‘शिक्षक, अभिभावक, विद्यार्थी र कलेज व्यवस्थापन समितिको अथक प्रयासले उत्कृष्ट नतिजा ल्याएर ईतिहास रचेका छौं । ’ उनले ब्याचलर इन मास कम्युनीकेसन ) र (सोसल वर्क) अध्ययनका लागि इटहरी नमुना कलेजको अर्को विकल्प नरहेको जिकिर गरे । ९८ प्रतिशत भन्दा बढिको शैक्षिक परिणाम ल्याउन सफल नमुना कलेजको भौतिक संरचना सँगै गुणस्तरिय शिक्षाका निम्ती लगानी गरिरहेको छ । कलजेको अतिरिक्त क्रियाकलापले विद्यार्थिहरुलाई अध्ययन गर्न सहज वातावरण प्रदान गर्दै आएको छ । अध्ययनमैत्री वातावरण बनाउन सफल यो संस्थाले प्रविधिमैत्री , प्रयोगात्मक र व्यवहारीक शिक्षा , नियमित आन्तरिक परीक्षा प्रणाली, आवश्यकता अनुसार वाह्रै महिना अतिरिक्त कक्षा, फिल्ड वर्क ,प्रोजेक्ट वर्क बेस लगायतका गतिविधी कलेजको विशेषता हुन् । स्पोटर्श, प्रोजेक्टवर्क, कल्चरल प्रोग्राम र फिल्ड भिजिटले विद्यार्थीहरुको व्यक्तित्व विकासमा टेवा पुग्ने गरेको छ । नमुना कलेजले अहिलको समय सुहाउँदो प्रतिस्पर्धी विद्यार्थी उत्पादन गर्ने भन्दै कलेजका सामाजीक विभाग प्रमुख सैलेन्द्र राईले नमुना कलेजका प्रत्येक विद्यार्थी एउटा साधारण विद्यार्थीमात्र होइन एउटा सिङ्गो जीवन उपयोगि शिक्षाको प्राप्तिको लागी लागेको एउटा सिङ्गो संस्थाझै ब्यवहार गरिने पनि दावी गरे । अनुभवी शिक्षण टिम रहेको नमुना कलेजमा निश्चित कोटामा मात्रै भर्ना लिईन्छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
संयुक्त टोलीले गर्यो ...

इनरुवा । सुनसरीस्थित सशस्त्र प्रहरी बल–४ नम्बर गण र भारतीय सीमा सुरक्षा बल (एसएसबी)को संयुक्त ...

नारायणगढ-मुग्लिन सडक ...

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डको सत्र किलोमा शुक्रबार बिहान बस र हायस ठोक्किँदा मृत्यु हुनेको संख् ...

पुटिनलाई युक्रेनमा छ ...

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बिहीवार युरोपले युक्रेनमा आक्रमण रोक्न क्रेमलिनलाई छुट दि ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved