भारतमा रोजगारको आशामा ठगिदै प्रदेश २ का युवा

  • माघ २, २०७६
  • कालापानी मिडिया
alt

राजबिराज,
भारतको सारण जिल्ला छपरास्थित माँ लक्ष्मी इन्टरप्राइजेज नामक एक नेटवर्क कम्पनीले भ्रामक प्रचार तथा आकर्षक तलबसहित जागिर दिने प्रलोभन देखाउँदै सयौं सोझासाझा बेराजगार नेपाली यूवाहरुलाई ठगिरहेको खुलासा भएको छ । कम्पनीको भ्रमजालमा फंसी ३५ हजार रुँपैया गुमाएका राजविराज नगरपालिका १ डुमरी शिवथान निवासी २६ वर्षिय राजेश कुमार यादव त्यहाँबाट भाग्न सफल भई घर आइपुगेपछि सो ठगि प्रकरणबारे खुलासा भएको हो ।

उनी बुधबार घर आइपुगेपनि अहिले ६ सयभन्दा बढी नेपाली यूवाहरु त्यहा बन्धक अवस्थामा रहेको उनले जानकारी दिएका छन् । उक्त स्थानमा सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही र रौतहट जिल्लाका गरि ६ सय यूवाहरु बन्धक अवस्थामा रहेको र कम्पनीले घर फर्किन नदिएको उनले बताएका छन् । भारतीय ग्लेज ट्रेडिङ इण्डिया प्रालिको शाखा रहेको बताउने माँ लक्ष्मी इन्टरप्राइजेज नेटवर्क कम्पनीले नेपालको मधेशका जिल्लाहरुमा दर्जनौं एजेन्ट खटाई त्यहाँका सोझासाझा युवालाई आकर्षक तलबसहितको जागिर दिने प्रलोभनमा पारी लैजाने गरेको र त्यो क्रम अहिले पनि चलिरहेको पीडित युवा राजेशले बताए । भारतीय एजेन्टहरुले केही स्थानीय व्यक्तिलाई विश्वासमा लिई त्यस्तो अवैध कारोवार खुलेआम गरिरहेको यादवको भनाई छ । आफूलाई सोही कम्पनीको एजेन्ट रहेको बताउने सप्तरीको बलान विहुल गाउँपालिका १ बस्ने विक्रम यादवले आकर्षक तलब पाइने प्रलोभन देखाई त्यहाँ पुर्याएको र आफ्नो कमिशन लिई चम्पत भएको यादवले बताएकाछन् । ‘म त्यहाँ पुग्दा परिचयका क्रममा मधेशका जिल्लाका करिब ६ सय युवाहरुलाई देखे, उनले भने, ‘सबैलाई आकर्षक तलबकै प्रलोभन देखाएर लगिएको रहेछ, तर ३/४ महिनाअघिनै पुगेका उनीहरुलाई अहिलेसम्म जागिर दिइएको छैन । आश्वासन मात्र दिने गरिएको छ ।’

आश्वासनले दिक्क वाक्क भएका उनीहरु घर फर्किन्न चाहे पनि आउने नदिएको राजेशले सुनाए । नेपाली युवाहरुलाई जागिरका लागि भारतीय आधारकार्ड आवश्यक पर्ने भन्दै सो वापत प्रतिव्यक्ति २ हजार ५ सय, प्रवेश शुल्क वापत १ हजार ५ सय र वास आवास खर्च वापत १८ हजार गरी प्रतिव्यक्तिबाट २२ हजार भारतीय रुपैयाँ कम्पनीका संचालकले वसुल गरेको यादवले जानकारी दिएका छन् । नेपाली युवाको विश्वास जित्न कम्पनीका संचालनकले रकम लिएको एक घण्टामै भारतीय आधारकार्ड बनाएर दिने गरेको समेत यादवले सुनाए । उनलाई कम्पनीका संचालकद्वारा उपलब्ध गराइएको आधारकार्डमा ठेगाना भने भारतको बिहार राज्य मधुवनी जिल्लाको बासुदेवपुर निवासी भनेर उल्लेख गरिएको छ । यस्तै अन्य नेपालीहरुको आधारकार्डमा पनि नाम सही भएपनि ठेगानामा भारतकै विभिन्न सहरको नाम उल्लेख गरिएको छ ।
उनले एकान्त स्थलमा रहेको सो कम्पनीको होस्टलमा नेपाली युवाहरुलाई कोचिएर राखिएको र बाहिर निस्किन नदिएको जानकारी पनि दिए ।’ कसैसँग कुरा पनि गर्न दिईदैन, उनले भने, ‘सबैको मोवाईल पनि खोसेर राखेका छन् ।’यसरी किन राखेको ? जिज्ञाशा राख्दा संचालक अमरेन्द्र सिंह भन्ने व्यक्तिले ‘यहाँ शान्त वातावरणमा तिमीहरुलाई तालिमको व्यवस्था गरिदिएका छौं तालिम सकिएपछि जागिर पक्का हुने’ भन्दै जवाफ फर्काउने गरेको राजेसले सुनाए । यसरी प्रशिक्षणमा सहभागि गराइएका नेपाली यूवाहरुलाई एक भारतीय युवतीले गाडी, बंगला र लाखौं रुँपैया दुई चार महिनामै कमाउने सपना देखाउँदै प्रशिक्षण दिने गरेको राजेशले बताएका छन् । उनले संचालक सिंहलाई यस कम्पनीमा काम गर्न म अझ केही साथीहरु लिएर आउँछु भन्दै ढाटेर उम्कन सफल भएको बताए ।
उक्त कम्पनीका ५० भन्दा बढी एजेन्टहरु नेपाली बेरोजगार युवालाई आकर्षक तलबको प्रलोभन देखाई ल्याउन प्रदेश २ का विभिन्न जिल्लामा खटेको कम्पनीका संचालकहरु एक आपसमा कुरा गर्दा आफुले सुनेको राजेसले बताएका छन् । यसरी भइरहेको ठगी धन्दालाई नियन्त्रण गर्न र त्यहाँ फसेका नेपाली यूवाहरुलाई जोगाई सुरक्षित साथ फिर्ता ल्याउन भारतीय प्रहरीसँग समन्वय गर्नु जरुरी रहेको स्थानीय बुद्धिजीविहरुको भनाई छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
संयुक्त टोलीले गर्यो ...

इनरुवा । सुनसरीस्थित सशस्त्र प्रहरी बल–४ नम्बर गण र भारतीय सीमा सुरक्षा बल (एसएसबी)को संयुक्त ...

नारायणगढ-मुग्लिन सडक ...

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डको सत्र किलोमा शुक्रबार बिहान बस र हायस ठोक्किँदा मृत्यु हुनेको संख् ...

पुटिनलाई युक्रेनमा छ ...

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बिहीवार युरोपले युक्रेनमा आक्रमण रोक्न क्रेमलिनलाई छुट दि ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved