झापा । राष्ट्रिय प्रजातन्त्र पार्टी, राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देनले आफ्नो रक्षा चाहने हो भने धर्मको रक्ष गर्नु पर्ने बताएका छन् । झापाको बाह्रदशी गाउँपालिकामा आयोजित महायज्ञको उद्घाटन गर्दै महामन्त्री लिङ्देनले धर्मको नाममा विभिन्न देशी विदेशी शक्तिले चलखेल गरिरहेको भन्दै धर्मको रक्षा गर्नुपर्ने वताउनु भएको हो ।
उनले विभिन्न देशी विदेशी शक्तिले नेपाली नेपालीलाई फुटाएर आदिम कालदेखि चलिआएको हिन्दू सनातन धर्मलाई नामेट पार्न खोजेको आरोप लगाए । धर्मको रक्षा गरे धर्मले पनि आफूहरुको रक्षा गर्ने भन्दै उनले हिन्दु सनातन धर्मको रक्षा विना सम्मुनत समाज निर्माण हुन नसक्ने दावी गरे ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved