काठमाडौं । नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले व्यक्ति र गुटको नभएर पार्टीको जित भएको बताएका छन् । महामन्त्रीमा जितनजिक पुगेका उनले भने, “यो जित व्यक्ति र गुटको होइन, सिङ्गो पार्टीको हो ।”
अन्तिम नतिजापछि उनी साढे ४ बजे सुन्दरीजल जेल पुग्ने छन् । त्यहीँ पुगेर उनले महामन्त्रीमा उमेदवारी घोषणा गरेका थिए । सुन्दरीजल जेलमा कांग्रेस संस्थापक नेता बीपी कोइराला लामो समय जेल बसेका थिए । महामन्त्रीको जारी मतगणनामा गगन थापा र विश्वप्रकाश शर्मा अन्य उमेदवारभन्दा अगाडि छन् ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved