ससुराली गएका दम्पतीले दुई बच्चासहित त्रिशुलीमा हाम फाले, श्रीमानको मात्रै उद्धार

  • माघ ३, २०७६
  • कालापानी मिडिया
alt

धादिङ । पत्नी र दुई छोरासहित त्रिशुली नदीमा हामफालेका विनय लामिछानेले ऋणमा डुबेर आत्महत्या रोजेको बयान दिएका छन् । धादिङ प्रहरीका अनुसार उनीसँगको बयान र प्रारम्भिक अनुसन्धानबाट ऋणमा डुबेर आत्महत्या रोजेको खुलेको हो ।

लामिछानेको थानकोटस्थित घरमा समेत सुसाइड नोट फेला परेको छ । प्रहरीले घरमा खानतलासी गर्दा सुसाइड नोट फेला पारेको हो । सुसाइड नोटमा व्यापारमा घाटा भएपछि परिवारसहित आत्महत्या रोज्नुपरेको उल्लेख रहेको प्रहरी स्रोतले बताएको छ । बिहिबार साँझ लामिछाने पत्नी जमुना रेग्मी र दुई छोरासँगै धादिङको बेनिघाट रोराङ १ स्थित झोलुंगे पुलबाट हामफरालेका थिए । छोराहरुलाई दुवै दम्पत्तिले च्यापेर एकसाथ फाल हालेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको छ । परिवारसहित लामिछाने ससुरालीबाट फर्कंदै थिए । उनको ससुराली गोरखा हो ।

घटनापछि विनय लामिछानेको सकुशल उद्धार गरिएको थियो । पौडी खेल्न जान्ने भएकाले विनय बचेका थिए । उनकी पत्नी जमुना रेग्मीको शव फेला पर्यो । छ महिना र दुई वर्षका छोराहरु भने हराइरहेका छन् । उनीहरुको खोजीकार्य भइरहेको धादिङ प्रहरीले जनाएको छ । काठमाडौंको चन्द्रागिरी नगरपालिका ५ स्थायी घर भएका लामिछाने अनलाइन बिजनेशमा सक्रिय थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
संयुक्त टोलीले गर्यो ...

इनरुवा । सुनसरीस्थित सशस्त्र प्रहरी बल–४ नम्बर गण र भारतीय सीमा सुरक्षा बल (एसएसबी)को संयुक्त ...

नारायणगढ-मुग्लिन सडक ...

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डको सत्र किलोमा शुक्रबार बिहान बस र हायस ठोक्किँदा मृत्यु हुनेको संख् ...

पुटिनलाई युक्रेनमा छ ...

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बिहीवार युरोपले युक्रेनमा आक्रमण रोक्न क्रेमलिनलाई छुट दि ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved