बाह्रविसे बजारमा कर्फ्यू, पाँच जना भन्दाबढी भेला हुन नपाइने

  • माघ ५, २०७६
  • कालापानी मिडिया
alt

काठमाडौं । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले बाह्रविसे नगरपालिकामा कर्फ्यु लगाएको छ।

प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङ्गले आजदेखि अर्को व्यवस्था नभएसम्मको लागि विहान ८ बजेबाट बेलुकी ५ बजेसम्म कर्फ्यु आदेश जारी गरेकी छिन्।

नगरपालिकाले वडा नं ४ स्थित बजारमा सडक अतिक्रमण गरी निर्माण गरिएका घर टहराहरु भत्काइदिएको थियो। तर असन्तुष्ट पक्षले शनिबार बजार क्षेत्रमा नारा जुलुस गर्दै नगरपालिकाको कार्यालयमा तालाबन्दी गरिदिएका थिए। भने तोडफोड समेत गरेका थिए । जिल्ला प्रशासन कार्यालयले आजपनि हुलदङ्गा र अशान्ति हुन सक्ने भन्दै कर्फ्यू जारी गरेको बताएको छ । आदेश अनुसार तोकिएको चार किल्लामा पाँच जना भन्दा बढी भेला हुन पाउने छैन ।

बाह्रविसे बजारबाट ३०० मिटर पुर्व, पश्चिममा भोटेकोशी पुल राम्चे, उत्तरमा इलाका प्रहरी कार्यलय बाह्रविसे न पा ४ र दक्षिणमा बाह्रविसे बजारबाट पिश्कर क्षमादेवी जाने बाटोको सुनकोशी चोक सम्म कर्फ्यू जारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
संयुक्त टोलीले गर्यो ...

इनरुवा । सुनसरीस्थित सशस्त्र प्रहरी बल–४ नम्बर गण र भारतीय सीमा सुरक्षा बल (एसएसबी)को संयुक्त ...

नारायणगढ-मुग्लिन सडक ...

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डको सत्र किलोमा शुक्रबार बिहान बस र हायस ठोक्किँदा मृत्यु हुनेको संख् ...

पुटिनलाई युक्रेनमा छ ...

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बिहीवार युरोपले युक्रेनमा आक्रमण रोक्न क्रेमलिनलाई छुट दि ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved