विश्वविद्यालयको शिक्षा व्यावहारिक र जीवनोपयोगी हुनुपर्छ-प्रधानमन्त्री देउवा

  • पुस ५, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाले विश्वविद्यालयको शिक्षा औपचारिक र सैद्धान्तिक मात्र नभएर व्यावहारिक र जीवनोपयोगी हुनुपर्ने बताएका छ्न। सोमबार भएको त्रिविको ४७ औं दीक्षान्त समारोहमा उनले यस्तो बताएका हुन्।

उनले विश्वविद्यालयको स्तर उच्च बनाउन सबै प्राध्यापक, कर्मचारी र विधार्थीबीच सहकार्य,सहयोग र सद्भाव सदैव आवश्यक पर्नेमा ध्यानाकर्षण गराए। उनले भने, मुलुकको लोकतान्त्रिक प्रणालीलाई सबल सुदृढ बनाउन र मुलुकको अर्थतन्त्रलाई तीव्र रुपान्तरण गर्न प्राविधिक जनशक्तिको उत्पादन हुनुपर्दछ।
०७७ असार १ देखि ०७८ जेठ मसान्तसम्म तोकिएका सम्पूर्ण मापदण्ड पूरा गरी ट्रान्सक्रिप्ट लिइसकेका विद्यार्थी दीक्षित हुन लागेका हुन्।

चिकित्साशास्त्र अध्ययन संस्थानअन्तर्गत १ हजार ३४०, इन्जियरिङ अध्ययन संस्थान अन्तर्गत ८२६, विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गत २ हजार ९७४, कृषि र पशुविज्ञान अध्ययन संस्थानअन्तर्गत ४६२, वन विज्ञान अध्ययन संस्थानअन्तर्गत २७९ व्यवस्थापन संकायअन्तर्गत ८ हजार ३४३, शिक्षाशास्त्र संकायअन्तर्गत ७ हजार ११८, मानविकी तथा सामाजिकशास्त्र संकायअन्तर्गत ७ हजार ५०७ र कानुन संकाय अन्तर्गत ८८० दीक्षित हुने त्रिविले जनाएको छ। सहभागी २९ हजार ७२९ मध्ये साधारणतर्फ २३ हजार ८४८ र प्राविधिक शिक्षातर्फ ५ हजार ८८१ विद्यार्थी रहेको छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विश्वभर ८२ लाख नयाँ ...

काठमाडौं । स्वास्थ्य संगठन (डब्लूएचओ) ले गत वर्ष विश्वभर ८२ लाख नयाँ क्षयरोग (टीबी) का बिरामी पत्ता ...

तिहारको दोस्रो दिन ब ...

काठमाडौं : तिहारको दोस्रो दिन बिहीबार बिहान कुकुरतिहार मनाइँदै छ भने साँझ लक्ष्मीपूजा पनि गरिँदैछ। ...

अन्नपूर्ण आधार शिविर ...

म्याग्दी : म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved