काठमाडौं। आइतबार मधेस आन्दोलनको १३ वर्ष पूरा भएको छ। मधेश आन्दोलनका सहिदहरूको सम्झनामा माघ ५ गते मनाइने बलिदानी दिवसको अवसरमा प्रदेश सरकारले आइतबार प्रदेश २ मा सार्वजनिक विदा दिइएको छ।
प्रदेश सरकारले बलिदानी दिवसका अवसरमा औपचारिक कार्यक्रमको आयोजना गरेको छ।
वीरगञ्जमा आयोजना हुने बलिदानी दिवस कार्यक्रममा प्रदेश सरकार मन्त्री, मधेश आन्दोलनका सहयात्री दलका नेता, शहिद परिवार, नागरिक समाज बुद्धिजीवीको सहभागिता हुने जनाइएको छ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved