ओलीले बाच्छोको संज्ञा दिएका लिङ्देनले एकै पटकमा ओलीका ४०० कार्यकर्ता राप्रपामा प्रवेश गराएपछि

  • पुस ६, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । नेपाली काँग्रेसको १४ औं महाधिवेशन उद्घाटन समारोहका दिन राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले दिएको अभिव्यक्ति र त्यसको प्रत्युत्तरमा एमाले अध्यक्ष केपी शर्मा ओलीले दिएको अभिव्यक्तिको चर्चा अझै सेलाएको छैन । उद्घाटन सत्रमा लिङ्देनले ‘नेतालाई गाउँघरमा चोर भनिने’ अभिव्यक्ति दिएपछि ओलीले लिङ्देनलाई ‘बाच्छो’ को संज्ञा दिएका थिए । ओलीले भनेका थिए, ‘ भर्खर–भर्खरको बाच्छो हिँड्न जान्दैन, अलिकति कुद्छ !’

269748275_4687738188006178_513527429174543645_n (1)

लिङ्देन र ओली तिनै नेता हुन्, जसले यसअघि एकअर्काको सहयोगमा झापामा चुनाव जितेका थिए । अहिले ओलीले लिङ्देनलाई ‘बाच्छो’को संज्ञा दिएपछि अब उनीहरुको सम्बन्ध कस्तो होला र आगामी चुनावमा झापामा राप्रपा र एमालेको सहकार्य होला कि नहोला भन्ने चासो बढेको छ ।
यही चासो र चर्चाकै बीच राप्रपा अध्यक्ष लिङ्देन यतिबेला गृहजिल्ला झापा पुगेका छन् । शनिबार झापा पुगेका उनी ओलीको निर्वाचन क्षेत्रको दौडाहामा देखिएका छन् । लिङ्देन यो बीचमा दमक र गौरादह नगरपालिका तथा गौरीगञ्ज र कमल गाउँपालिकाका विभिन्न स्थानमा पार्टीको कार्यक्रममा सहभागी भए ।

269783791_4687739074672756_5374497089045898850_n

यस क्रममा उनले ओलीकै निर्वाचन क्षेत्रका एमालेका ४०० बढी नेता– कार्यकर्तालाई राप्रपामा भित्र्याएका छन् । ओलीको ‘शब्द बाणलाई फिल्डबाटै जवाफ दिन’ लिङ्देन झापा आएको राप्रपाका एक नेताले बताए । यद्यपि लिङ्देनले ओलीविरुद्ध त्यस्तो कुनै कडा टिप्पणी भने गरेको अवस्था छैन ।

६ महिनाभित्र समान विचारधारा भएका पार्टी र संघसंगठनलाई एकता प्रक्रियामा सहभागी गराउने उद्घोष गरेका लिङ्देनले झापामा मूलतः संगठन सुदृढीकरण र ओलीको क्षेत्रमा आफ्नो प्रभाव देखाउन दौडधूप बढाएको राप्रपा नेताहरु बताउँछन् । ओलीको निर्वाचन क्षेत्र झापा ५ हो भने लिङ्देन ०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा झापा निर्वाचन क्षेत्र नम्बर ३ बाट विजयी भएका थिए ।

269699891_4687741421339188_3246022702581265278_n

लिङ्देनले मंगलबार सम्म झापाका विभिन्न क्षेत्रमा विशेषतः कार्यकर्ता भेला, पार्टी प्रवेश र सम्मान कार्यक्रममा सहभागि हुने र मंगलबार नै काठमाडौं फर्किने हल्दिबारी गाउँपालिकाका प्रमुख रविन्द्र लिङदेनले जानकारी दिए । गौरीगञ्ज, दमक, कमलल, हल्दिबारी, कचनकवलगायतका स्थानमा कार्यक्रम गरिएको कार्यक्रममा जनसहभागिता उत्साहजनक रहेको उनको भनाइ छ ।

269685992_4687740154672648_2001530708047730116_n

 

राप्रपा र एमालेबीच झापामा सहकार्य भए पनि ओलीले विगतलाई भुलेर राजेन्द्र लिङ्देनलाई ‘बाच्छो’ भन्नु गलत भएको झापाका राप्रपाका कार्यकर्ता बताउँछन् । ओलीबाट जुन अभिव्यक्ति आयो, त्यो राजनीतिक नभएको कार्यकर्ताहरुको भनाई छ। कुनै बेला नरेन्द्र मोदीको भाजपा पनि कमजोर थियो । अहिले कमजोर रहेको राप्रपा पनि भोलि सबैकालागि दर्विलो पार्टी बन्ने रविन्द्र लिङदेन बताउछन्।

269690008_4687741688005828_7983299689248854601_n

यस्तो छ झापामा ओली–लिङ्देनको हिसाब–किताब

०७४ को चुनावमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन ४४ हजार ६१४ मतका साथ झापा क्षेत्र नम्बर ३ बाट विजयी बनेका थिए । उनले एमालेकै सहयोगका काँग्रेस पूर्वमहामन्त्री कृष्ण सिटौलालाई पराजित गरेका थिए । पराजित सिटौलाले ३१ हजार १७१ मत पाएका थिए । जहाँ एमालेको समानुपातिक मत १९ हजार ८२९ थियो भने राप्रपाले चाहिँ समानुपातिकतर्फ १६ हजार १६८ पाएको थियो । यसरी हेर्दा एमालेका करिब १९ हजार मतदाताले लिङ्देनलाई मतदान गरेका थिए ।

269728078_4687739484672715_3673520560139909345_n

यसैगरी झापा क्षेत्र नम्बर ५ बाट चुनाव जितेका ओलीले ५७ हजार १३९ मत पाएपनि त्यसमा राप्रपाको उल्लेख्य मत जोडिएको थियो । झापा ५ मा राप्रपाको समानुपातिकतर्फको मत ९ हजार ५९ थियो । यसरी हेर्दा राप्रपाका करिब ९ हजार कार्यकर्ताले केपी ओलीलाई मतदान गरेका थिए ।त्यतिबेला तत्कालीन माओवादीसँग चुनावी तालमेल भएकाले ओलीले माओवादीको करिब ६ हजार भोट पनि पाएका थिए । यसरी हेर्दा झापामा लिङ्देन र ओलीलाई चुनाव जित्न एकअर्काको सहयोगले सहजता प्रदान गर्छ ।

269629263_4687738634672800_871762981041928503_n

शनिबार बिर्तामोडमा आयोजित कार्यक्रममा लिङ्देनले आफ्नो ध्यान मूलतः संगठन सुदृढीकरण र हिन्दुराष्ट्र एवं राजसंस्थाको एजेण्डालाई सशक्त बनाएर लैजाने बताएका थिए भने राप्रपा सानो छाती भएको पार्टी नभएको अभिव्यक्ति दिएका थिए। त्यसै अनुरुप उनले पार्टी प्रवेस देखी राजावादीहरु सबैलाई मिलाएर लाने कार्य अघि वढाइसकेका छन् । 

यतिवेला लिङदेनलाई भेटेर मिलेर जानु पर्छ भन्नेहरुको लर्को नै लागेको छ । राजसंस्था र हिन्दुराष्ट्रको पक्षमा हिडेका साना साना समुह मात्रै होइन केही साना पाटीहरु समेत लिङदेन संग मिलेर जानुको विकल्प नभएको प्रतिक्रिया दिरहेका छन् ।

267985580_4687737624672901_4641943249312607642_n 268013388_4687737231339607_7241828345856126251_n 269629263_4687738634672800_871762981041928503_n

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विश्वभर ८२ लाख नयाँ ...

काठमाडौं । स्वास्थ्य संगठन (डब्लूएचओ) ले गत वर्ष विश्वभर ८२ लाख नयाँ क्षयरोग (टीबी) का बिरामी पत्ता ...

तिहारको दोस्रो दिन ब ...

काठमाडौं : तिहारको दोस्रो दिन बिहीबार बिहान कुकुरतिहार मनाइँदै छ भने साँझ लक्ष्मीपूजा पनि गरिँदैछ। ...

अन्नपूर्ण आधार शिविर ...

म्याग्दी : म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved