आईजीपी बन्न दौड सुरु, ज्ञवाली र लम्साल मुख्य दाबेदार

  • माघ ५, २०७६
  • कालापानी मिडिया
alt

आजका पत्रपत्रिकामा फरक फरक समाचारले स्थान पाएका छन् । अन्नपूर्ण बेस क्याम्पमा हिमपहिरोमा हराएकाहरुको उद्धारबारे सबै पत्रिकामा खबर छ । अझै ११ जना हराइरहेको प्रहरीले जनाएको छ । त्यस्तै बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरूपण तथा मेलमिलाप आयोगको अध्यक्ष तथा सदस्यको नाम सिफारिस गरिएको विषयले आजका दैनिक अखबारहरूमा प्राथमिकता पाएका छन् ।

अनियमिततामा डुब्दै स्थानीय तह’ शीर्षकमा कान्तिपुरले केही उदाहरणसमेत प्रस्तुत गर्दै स्थानीय तहभित्रका बेथितिबारे कलम चलाएको छ । समाचार अनुसार, गाउँ–गाउँमा पुगेका सिंहदरबारहरू अनियमितताका अखडामा परिणत हुँदै जान थालेका छन् ।

आजको नागरिक दैनिक पत्रिकाले आईजीपी बन्न दौड सुरु भएको समाचार मुख्य बनाएको छ । नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालसँगै तीन एआईजीपी पुष्कर कार्की, ठूले राई र धिरु बस्नेतले एकसाथ अवकाश पाउँदैछन् । योसँगै डीआईजीबाटै नयाँ आईजीपी बनाउनुपर्ने अवस्था सिर्जना भएको छ । समाचार अनुसार प्रदेश १ का डीआईजी ठाकुर ज्ञवाली र सुदूरपश्चिमका डीआईजी तारणी लम्साल आईजीपीका दाबेदारका रूपमा देखिएका छन् ।

नेपाल समाचार पत्रले मौसममा आएको बदलीले हवाई भिजिबिलिटी ५० मिटरभन्दा कम भएको समाचार बनाएको छ । समाचार अनुसारm दुई दिनको झरीपश्चात् बढेको भुइँ कुहिरोले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई सेवा प्रत्यक्ष प्रभावित बनेको छ ।
अन्नपूर्ण पोस्ट्ले । बेपत्ता छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगको अध्यक्ष तथा सदस्यको नाम सिफारिस गरिएको समाचार मुख्य बनाएको छ । भने थेतरा मेडिकल कलेज शिर्षकमा बढी शुल्क फिर्ता गर्नमेडिकल कलेजले आनाकानी गरेको खबर छापेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
संयुक्त टोलीले गर्यो ...

इनरुवा । सुनसरीस्थित सशस्त्र प्रहरी बल–४ नम्बर गण र भारतीय सीमा सुरक्षा बल (एसएसबी)को संयुक्त ...

नारायणगढ-मुग्लिन सडक ...

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डको सत्र किलोमा शुक्रबार बिहान बस र हायस ठोक्किँदा मृत्यु हुनेको संख् ...

पुटिनलाई युक्रेनमा छ ...

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बिहीवार युरोपले युक्रेनमा आक्रमण रोक्न क्रेमलिनलाई छुट दि ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved