भाग्यमानी यि तीन नेता, जसले १, २ को मतान्तरमा जित हाशिल गरे

  • पुस ६, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौँ  । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लगि भएको चुनावको परिणाम आउनेक्रम मंगलबार पनि जारी छ । मंगलबारसम्म सभापतिलगायत पदाधिकारी, खुला केन्द्रीय सदस्य, भूगोल केन्द्रीय सदस्य, मधेसी केन्द्रीय सदस्य, थारु खुला केन्द्रीय सदस्य, मधेसी महिला केन्द्रीय सदस्यको मत परिणाम आएको छ ।

मंगलबार बेलुकासम्म सम्पूर्ण परिणाम आइसकेको छैन। मंगलबार बेलुकासम्मको परिणाम केही रोचक प्रतिस्पर्धा देखिएका छन् । मधेसी महिला केन्द्रीय सदस्यमा मुक्ता यादव ३९६० मतसहित जारी महाधिवेशनमा सर्वाधिक मत पाउने उम्मेदवार बनेकी छन् ।

केही उम्मेदवार भने १ र २ मतको झिनो मतान्तरमा जित हात पार्न सफल भएका छन् । झिनो मतान्तरमा जित हात पर्ने लक्की तीन नेता हुन् धनराज गुरुङ, उद्धव थापा र कर्णबहादुर बुढा।

केन्द्रीय उपसभापतिमा गुरुङले विजयकुमार गच्छदारलाई २ मतले पराजित गरे। उनले १९०८ मत पाउँदा गच्छदारले १९०६मत पाए । गुरुङ कोइराला समूहबाट पार्टीको सबैभन्दा माथिल्लो पदमा जित हात पार्ने नेता हुन् । उनी शक्तिशाली मानिएका गच्छदारलाई पराजित गर्दै पहिलो पटक कांग्रेसको पदाधिकारी बनेका छन् ।

उता प्रदेश १ को सभापतिको टुंगो पनि २ मतको फरकले लाग्यो । उद्धव थापाले चर्चित युवा नेता गुरुराज घिमिरेलाई २ मतले पराजित गरे। थापाले ८ सय ४४ मत पाउँदा घिमिरेले ८ सय ४२ मत पाए । घिमिरेको पराजयले कोइराला समूहमा तरंग नै ल्याएको थियो। किनकी सभापतिमा पराजित डा. शेखर कोइरालालगायत सो समूहका शीर्ष ४ नेताले प्रदेश अधिवेशनमा मतदान नै गरेका थिएनन् ।

यस्तै मंगलबार सम्पन्न कर्णाली प्रदेश भूगोल खुला केन्द्रीय सदस्यको मतपरिणाम पनि रोचक आयो। गणनाको अन्तिम चरणसम्म अग्रता बनाइरहेका पूर्वमन्त्री निवर्तमान केन्द्रीय सदस्य हृदयराम थानीलाई एकले पराजित गर्दै कर्णबहादुर बुढा पहिलो पटक कांग्रेस केन्द्रीय सदस्य बने । बुढाले २२०० मत पाउँदा थानीले २१९९ मत पाए । स्मरण रहोस थानी वरिष्ठ नेता रामचन्द्र पौडेलका सबैभन्दा विश्वासिला नेता मानिन्थे । पौडेलले यो पटक महाधिवेशनमा मतदान नै गरेनन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विश्वभर ८२ लाख नयाँ ...

काठमाडौं । स्वास्थ्य संगठन (डब्लूएचओ) ले गत वर्ष विश्वभर ८२ लाख नयाँ क्षयरोग (टीबी) का बिरामी पत्ता ...

तिहारको दोस्रो दिन ब ...

काठमाडौं : तिहारको दोस्रो दिन बिहीबार बिहान कुकुरतिहार मनाइँदै छ भने साँझ लक्ष्मीपूजा पनि गरिँदैछ। ...

अन्नपूर्ण आधार शिविर ...

म्याग्दी : म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved