सुदूरपश्चिममा जनता आवास कार्यक्रमको बजेट कार्यान्वयनमै ढिलाई

  • माघ ५, २०७६
  • कालापानी मिडिया
alt

जनता आवास कार्यक्रम अन्तरगत कैलाली र कञ्चनपुरमा चालु वर्षको बजेट कार्यान्वयन गर्न ढिलाई भएको छ। लोपोन्मुख तथा विपन्न समुदायका लागि घर निर्माण गर्ने भन्दै लागु भएको जनता आवास कार्यक्रम अन्तरगत चालु वर्षको बजेट कार्यान्वयन गर्न ढिलाई भएको हो।

प्रदेशको भौतिक पुर्वाधार विकास मन्त्रालयले बजेटको ढिलोगरी अख्तियारी दिएपछि घर निर्माणको कार्यलाई निरन्तरता दिन समय लागेको दावी कार्यक्रम कार्यान्वयन गर्ने निकायको छ। तर कैलाली र कञ्चनपरका लाभग्राहीले भने गत वर्षकै भुक्तानी पुर्ण रुपमा नपाएको गुनासो गरेका छन्।

लोपोन्मुख तथा विपन्न समुदायका लागि घर निर्माण गर्ने भनिए पनि भुक्तानी दिन लापरवाही भईरहेको आरोप कैलालीका लाभग्राही भरत दासको छ। ‘लामो संघर्षपछि घर त निर्माण भयो तर भुक्तानी पाउन निकै समस्या भईरहेको छ।’ उनले भने। ‘अब हामीले भुक्तानी लिन कता जाने कुनै अत्तोपत्तो छैन्।’

तर चालु वर्षको बजेट कार्यान्वयन गर्न अहिले सुपरिवेक्षण भईरहेको दावी प्रदेशको भौतिक पुर्वाधार विकास मनत्रालय मातहतको सहरी विकास तथा भवन कार्यालयको छ। उक्त कार्यालयका अनुसार अहिले कैलाली र कञ्चनपुरका लाभग्राहीको घरको अनुगमन भईरहेको जनता आवास कार्यक्रमकी सुपर भाईजर भावना थापाले बताईन्।

‘कतिपय स्थानमा मापदण्ड अनुसार घर निर्माण नहुने गरेको पाइएका कारण भुक्तानी पनि ढिलाई भएको हो।’ उनले बताईन्। जनता अवास कार्यक्रम अन्तरगत चालु वर्षमा मात्रै क्रमागतका लागि कैलालीमा दुई करोड ५९ लाख र कञ्चनपुरमा चार करोड १० लाख बजेट आएको छ।

उक्त बजेट भित्र कैलालीमा तीन सय ४१ र कञ्चनपुरमा तीन सय ७१ घर निर्माणको योजना रहेको सहरी विकास तथा भवन कार्यालयका धनगढीका प्रमुख ईन्द्रबहादुर स्वारले बताए। कार्यक्रम अन्तरगत गत वर्ष मात्रै कैलालीमा ७१ र कञ्चनपुरमा एक सय घर निर्माण गरिएको उनले बताए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
संयुक्त टोलीले गर्यो ...

इनरुवा । सुनसरीस्थित सशस्त्र प्रहरी बल–४ नम्बर गण र भारतीय सीमा सुरक्षा बल (एसएसबी)को संयुक्त ...

नारायणगढ-मुग्लिन सडक ...

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डको सत्र किलोमा शुक्रबार बिहान बस र हायस ठोक्किँदा मृत्यु हुनेको संख् ...

पुटिनलाई युक्रेनमा छ ...

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बिहीवार युरोपले युक्रेनमा आक्रमण रोक्न क्रेमलिनलाई छुट दि ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved