कुमार खड्का,इलाम
प्रदेश १ कै हरित जिल्लाको रुपमा रहेको पुर्व पहाडी जिल्ला इलामको कन्याम पर्यटन वर्ष २०२० को एउटा आर्कषण केन्द्र छ । बिहानको सर्योदयको मनोरम दृश्य हेर्न मिल्ने र प्रकृतिको भरपुर आन्नद लिन सक्ने भएपछि कल्याममा आन्तरिक तथा बाह्य पर्यटकहरूको घुइँचो लाग्ने गरेको हो ।
यो इलाम जिल्लाको सूर्योदय नगरपालिकामा पर्ने कन्याम चियाबारी बगान हो । पूर्वी नेपालको लोकप्रिय वनभोज स्थल पनि हो । झापा, मोरङ्ग, सुनसरी लगायतका तराईका जिल्ला तथा छिमेकी देश भारतबाट समेत गर्मी छल्न ठूलो सङ्ख्यामा मानिसहरु यहाँ घुम्न र वनभोज खान आउने गर्छन् । नेपाल सरकारले २०२० लाई पर्यटन वर्षको रुपमा लिएको अवस्थामा मोरङको पथरी बाट घुम्न आएका एक पर्यटक इलामको कन्याम र सरकारले लिएको उद्ेश्यलाई यसरी व्याख्या गर्छन ।
कन्याम बाट श्रीअन्तु, समालबुङ, पशुपतिनगरको हरियाली दृश्य देखिनुका साथै सगरमाथा, कुम्भकर्ण जस्ता विश्वमै ख्याती प्राप्त हिमालको मनोरम दृश्य समेत देख्न सकिन्छ । इलामकी रानी भने चिनिने कन्याममा विभिन्न जातिय पहिरन लगाएर तस्विर कैद गर्ने पर्यटकहरूको घुइचो नै हुन्छ । ग्रामीण परिवेशमा घोडा चढ्नु नौलो नभए पनि शहरी परिवेश तथा बाह्य पर्यटकहरूका लागि नौलो र आकर्षक बनेको छ । बगानमा फोटो खिच्ने र घोडा चढ्नु पर्यटकहरूको मुख्य आकर्षण नै हो ।
बाह्रै महिना पर्यटकको चाप हुने यस क्षेत्रलाई प्रदेश १ सरकारले पर्यटकीय गन्तव्यका रूपमा विस्तार गर्न खोजेको छ । प्रदेश सरकारले यसलाई पर्यटकिय नगरी भनेर घोषणा समेत गरेको छ । विशेषत कुहीरोसँग लुकामारी गरिरहने कन्याम चियाबारीको हरियालीसँगै प्रेम साट्न चाहने जोडीका लागि त झनै अब्बल गन्तव्यको रुपमा विकास हुँदै गएको छ । ठुलो क्षेत्रफलमा फैलिएको चियाबारीमा घुम्दै गफिनु र आन्तरिक कुरा साट्न कसैको अवरोध नहुने भएकाले पनि यो क्षेत्र प्रेमजोडीको रोजाइमा पर्दै गएको हो ।
कन्यामलाई नै लक्षित गरेर यहाँ आकर्षक होटल र रिसोर्ट व्यावसाय फस्टाउदै गएका छन् । कन्यामका अलाव इलाममा विश्व रामसार क्षेत्रमा सुचिकृत माइपोखरी, प्रदेश एकको प्रमुख पर्यटकिय गन्तब्य मानिने सन्दकपुर र जिल्ला भित्र रहेका धार्मिक र पर्यटकिय स्थलहरूको समेत उत्तिकै चर्चा हुन सके अन्य स्थानमा पनि पर्यटकहरूको भिड लाग्ने सम्भावना रहेको छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved