दुबोलाई हाम्रा पूर्वजहरुले त्यसै यत्तिका महत्व दिएका होइनन्। दुबोको आर्युवेदमा खास महत्व छ। यसलाई महाऔषधी मानिन्छ। दुबोले शरीरलाई अनेक रोगबाट मुक्त गर्छ। बाहिरी घाउदेखि भित्री रोगसम्म निको पार्ने क्षमता हुन्छ, दुबोमा। दुबोको अर्को विशेषता भनेको, यो जहाँपनि सजिलै उम्रन्छ। अक्सर औषधिय गुणका बनस्पति दुर्लभ हुन्छ। तर, दुबो जताततै पाइन्छ। दुबोको यहि बिशेषताको कारण त भनिएको हो, ‘दुबो जस्तो मौलाओस्।’
पोषण तत्वको भण्डार
आर्युवेदका अनुसार चमत्कारी बनस्पति दुबोलाई जुसको रुपमा समेत सेवन गर्न सकिन्छ। दुबोको रसमा प्रोटिन, कार्बोहाइड्रेट, क्याल्शियम, फाइबर, पोटासियम पर्याप्त मात्रामा पाइन्छ। हरेक दिन निश्चित मात्रामा दुबो सेवन गर्नु स्वास्थ्यका लागि अति लाभदायक मानिन्छ।
कसरी सेवन गर्ने ?
त्यसो त दुबो सामान्य अवस्थामा पनि सेवन गर्दा लाभदायक हुन्छ। सफा ठाउँमा उम्रिएको दुबोलाई टिपेर पखाल्ने। त्यसलाई पिसेर रस निकाल्ने। उक्त रसमा पानी मिश्रण गरेर पिउन सकिन्छ। साथसाथै सफा दुबोलाई पानीमा उमालेर त्यसको रस सेवन गर्न सकिन्छ। आँखा पाकेको वा आँखामा कुनै किसिमको संक्रमण छ भने दुबोको रस रामबाण हुनसक्छ। दुबोको रस पातलो कपडामा छान्ने। अब सफा रसलाई आँखामा लगाउनुपर्छ। संक्रमण ठिक हुन्छ।
दुबोलाई त्यसै चपाएर पनि सेवन गर्न सकिन्छ। यसको स्वाद हल्का गुलियो हुन्छ। साथै दुबोमा खाली खुट्टा हिँड्नु पनि राम्रो मानिन्छ। उच्च रक्तचाप, मधुमेहको रोगीले बिहान दुबोमा खाली खुट्टा हिँडडुल गर्नु निकै फाइदाजक हुने बताइन्छ।
कुन कुन रोगमा उपयोगीरु
दुबोको रसमा पोषक तत्व हुने भएकाले यो स्वास्थ्यका लागि त्यसैपनि फाइदाजक छ। साथसाथै कब्जियत, कलेजोको रोग, यौनरोगमा दुबो अत्यान्तै लाभदायक हुनछ। शरीरको विकार हटाउँछ। यसले रगतलाई शुद्धिकरण गर्न सघाउँछ। पिसाबमा खराबी छ भने दुबोको रस फाइदाजनक हुन्छ। नाकको समस्या पनि दुबो लाभदायक हुन्छ। सामान्य अवस्था वान्ता भए, नाथ्री फुटे, छाती पोले, जिउ चिलाए, शरीरको कुनै भाग सुन्निएमा दुबोको प्रयोग गर्न सकिन्छ।
दुबोको उपयोगिता यतिमात्र छैन। यो दीर्घ रोगहरुको निदानमा पनि प्रभावकारी मानिन्छ। खासगरी मधुमेह, उच्च रक्तचाप, नपुङ्सकता आदिमा दुबोको रस उपयोगी हुन्छ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved