काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को प्रदेशस्तरीय विस्तारित बैठक आजबाट सुरु हुँदैछ। पार्टीको एकता महाधिवेशनले तय गरेको राजनीतिक कार्यदिशाबारे छलफल गर्नको लागि आजबाट बैठक सुरु भएको हो।
प्रदेशस्तरीय विस्तारित बैठक आज लुम्बिनी प्रदेश अन्तर्गतको दाङमा हुने नेता मोहन श्रेष्ठले बताए। उनले भने, ‘आज दाङमा लुम्बिनी प्रदेशको बैठक बस्छ। पुस १२ गते गण्डकी प्रदेशअन्तर्गत नवलपुरमा बैठक बस्ने तय भएको छ। अन्य प्रदेशमा पनि छिट्टै मिति र स्थान तय गरेर पुस महिनाभित्र सक्ने योजना छ।’
बिहीबार दाङमा विस्तारित बैठकलाई पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, उपाध्यक्ष ध्रुबबहादुर प्रधान, महामन्त्रीद्वय डा। धवल शमशेर राणा, भुवन पाठकलगायतले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved