मिक्लाजुङ गाउपालिकामा बम विस्फोट, तीन वटा स्कावेटरमा आगजनी

  • माघ ६, २०७६
  • कालापानी मिडिया
alt

मोरङको मिक्लाजुङ गाउँपालिका–१ स्थित रमितेमा आइतबार राती बम बिष्फोट भएको छ ।निर्माणाधीन किशान चोक–रमिते सडक निर्माणका लागि राखिएका ३ वटा स्कावेटरमा बम विष्फोट गरिएको हो ।

82507796_2585229865054989_7931157647552675840_n

राती ठुलो आवाज अएपछी बुझुदा निर्माणाधिन किसान चोक रमिते सडक खण्डमा कामका लगि प्रयोग भएका ३ वटा स्काभेटरमा आगजनी र बम बिस्पोटन भएको पाइएको मिक्लाजुङ १ का वडाध्यक्ष नरबहादुर राईले जानकारी दिए । आगजनी र बम बिस्फोटनको घटनाले स्थानीय बासीहरु त्रसित बनेका छन् । यस विषयमा प्रहरीले अहिलेसम्म कुनै जानकारी गराएको छैन । विष्फोट कसले र किन गराए भन्ने खुल्न सकेको छैन ।

82551954_2693178104132104_502720055071473664_n

यद्यपि प्रतिबन्धित नेकपा विप्लव समुहले विष्फोट गराएकोे आशंका गरिएको छ । विष्फोटबाट भएको क्षतिको विस्तृत विवरण आईसकेको छैन । उत्तरी मोरङ तत्कालिन शसस्त्र युद्धमा माओवादीको शैन्य तालिम हुने आधार क्षेत्रका रुपमा चिनिन्छ । इलाका प्रहरी कार्यालय उर्लाबारीबाट प्रहरीको टोली पुगेर घटनाबारे अनुसन्धान सुरु गरेको छ । उत्तरी मोरङ २०५२ पछि पनि तत्कालीन माओवादीको शैन्य तालिम हुने क्षेत्रका रुपमा चिनिन्छ ।

83123955_1079143795767274_3709198262939418624_n 1

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
संयुक्त टोलीले गर्यो ...

इनरुवा । सुनसरीस्थित सशस्त्र प्रहरी बल–४ नम्बर गण र भारतीय सीमा सुरक्षा बल (एसएसबी)को संयुक्त ...

नारायणगढ-मुग्लिन सडक ...

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डको सत्र किलोमा शुक्रबार बिहान बस र हायस ठोक्किँदा मृत्यु हुनेको संख् ...

पुटिनलाई युक्रेनमा छ ...

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बिहीवार युरोपले युक्रेनमा आक्रमण रोक्न क्रेमलिनलाई छुट दि ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved