कैदी फरार प्रकरण : परियारलाई जिम्मेवारी मुक्तपछि पक्राउ पुर्जी जारी

  • पुस १२, २०७८
  • कालापानी मिडिया
alt

दाङ / दाङ प्रहरीले कारागार घोराहीका प्रमुख युवराज परियारविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । कारागारका कैदी भगाउन भूमिका खेलेको आरोपमा परियारलाई पक्राउ पुर्जी जारी गरिएको हो ।

दाङका प्रहरी प्रमुख सुरेश काफ्लेले अनुसन्धानलाई कडाइका रूपमा लिइएको र केही व्यक्तिलाई नियन्त्रणमै लिएर अनुसन्धान थालिएको बताए । उनले कारागार प्रमुख परियार पनि अनुसन्धानको घेरामा रहेको बताए । दाङ प्रहरी प्रवक्ता, डिएसपी मुकुन्द रिजालको अनुसन्धान टोलीले कारागार प्रमुख परियारलाई अनुसन्धानको घेरामा राखेको छ । यसका साथै दुई जना युवतीसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेर कैदी घटनाबारे छानबिन गरिरहेको छ ।

कारागारका नाइके यमराज परियार भागेपछि जिम्मेवारीबाट मुक्त गरी आइतबारदेखि जिल्ला प्रशासन कार्यालयमा तानिएका जेलर परियारलाई प्रहरीले सोमबार पक्राउ पुर्जी जारी गरेको जनाएको छ । कारागार प्रमुख (जेलर) परियारको समेत उक्त घटनामा मिलेमतोको आशंकापछि उनलाई थुनामा राखेर अनुसन्धान गर्नुपर्ने भन्दै परियारविरुद्ध पक्राउ पुर्जी जारी गरेको प्रहरीको भनाइछ । जेलर परियार आफू बिदामा रहेकै बेला नाइके परियारलाई उपचारका लागि लैजान अनुमति दिएका थिए ।

आफ्नै गर्भवती प्रेमिकाको हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका कैदी यामराज परियार बिहीबार बिहान कारागारबाट स्वास्थ्य उपचारका लागि भनेर प्रहरी जवान धनबहादुर चौधरीसँगै अस्पताल गएका थिए । उनले सात वर्ष कैद जिवन भोगिसकेका थिए । आफ्नै मोटरसाइकलबाट कारागारका नाइके यामराज परियारलाई चौधरीले उपचार गर्न लगेका थिए । त्यसपछि एउटा रेष्टुरेन्टमा नास्ता खाने क्रममा नाइके परियार प्रहरी जवान चौधरीकै मोटरसाइकल लिएर फरार भएको भनिएको छ ।

उनी घोराही कारागारका नाइके पनि हुन् । नाइके परियार भागेपछि उनलाई उपचाका लागि मोटरसाइकलमा अस्पताल लैजाने प्रहरी जवान धनबहादुर चौधरीसहित घटनामा संलग्न दुई युवती र अन्य एक जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।

परियारले भाग्न प्रयोग गरेको मोटरसाइकल शुक्रबार लमही बजारदेखि केही माथिको जंगलमा फेला परेको थियो । तुलसीपुर कारागारका जेलर अमर बहादुर वलीलाई अहिले परियारको जिम्मेवारी मुक्त गरेर घोराही कारागारको जिम्मेवारी तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विश्वभर ८२ लाख नयाँ ...

काठमाडौं । स्वास्थ्य संगठन (डब्लूएचओ) ले गत वर्ष विश्वभर ८२ लाख नयाँ क्षयरोग (टीबी) का बिरामी पत्ता ...

तिहारको दोस्रो दिन ब ...

काठमाडौं : तिहारको दोस्रो दिन बिहीबार बिहान कुकुरतिहार मनाइँदै छ भने साँझ लक्ष्मीपूजा पनि गरिँदैछ। ...

अन्नपूर्ण आधार शिविर ...

म्याग्दी : म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved