आरोहण शाह
६ माघ, वीरगञ्ज । जाडो बढेसँगै भन्सार छलेर भारतबाट न्याना कपडा तस्करी हुन थालेको छ । नेपाल–भारत सीमा सुरक्षा र तस्करी नियन्त्रणको मुख्य जिम्मेवारी पाएको सशस्त्र प्रहरीले आफै तस्करीको महिनावारी बुझी तस्करीमा नयां कृतिमान कायम गर्ने गरि तस्करीको लागि सबै बाटो खुला गरिदिएको समाचार प्राप्त हुन आएको छ ।
सिमामा खटेका शसस्त्र प्रहरीहरुकै संरक्षणमा रातभरी वीरगञ्ज भन्सार क्षेत्रबाट तस्करी भईरहेको छ । जाडोमा लगाउने ऊनको लेगिज, टप्स, जम्पर, ज्याकेट, कुर्ता सलवार लगायतका घरायसी सामान किन्नको लागि दैनिक सर्वसाधारणले भारतिय सिमावती रक्सौल जाने र उताबाट घरायसी सामन लिदै आउँदा सिमामा खटेका सशस्त्र प्रहरीले रकम माग गर्ने र नदिएपछि समान नै जफत गर्ने गरेका छन् । जबकी टेम्पो र साइकलमा आइरहेको हजारौ मुल्य तस्करीको समान भने सामान्य रकम लिंदै सुरक्षित गरि पास गराइरहेका छन् । घरायसी समान लाउँदा रकम नदिदा सशस्त्र प्रहरीले बरामद गरेर बुझाएका सामानको मूल्यांकन दोबर गरेर भन्सार बुझाउने गरेको छ । सशस्त्र स्रोतका अनुसार प्रायः बजार मूल्यभन्दा एकदेखि डेढ सय प्रतिशतसम्म बढि मूल्य राखेर बुझाइएका अवैध सामानको मूल्यांकन भन्सार कार्यालयले गर्ने गरेको छ । तर, त्यही सामानको मूल्य बजारमा भने कम हुने गरेको छ । पर्सा जिल्लामा तस्करी गतिविधी बढदै गऐ पछि मुलुककै प्रमुख नाकाको रुपमा रहेको वीरगन्ज भन्सार कार्यालयको राजश्व संकलनमा अप्रत्याशित गिरावट आएको खबर पत्रपत्रिकामा आएपछि गुल्मका डीएसपी अमर बहादुर खत्रीले घरायसी समन्य जफ्त गर्ने र मूल्यांकन दोबर गरेर भन्सार बुझाउने रणनीती लिएका छन् ।
मरिच तथा केराउको तस्करी सानो र ठुलो परिमाण दुबै गरी हुने गरेको छ । साइकल, मोटरसाइकल, ट्र्याक्टर र ट्रकमासमेत तस्करी हुने गरेको पछिल्लो घटना क्रमले देखाएको छ । खुल्ला सीमाको फाइदा उठाउदै बढी नाफा कमाउने उदेश्यले भन्सार क्षेत्रमा खटने शसस्त्र प्रहरीको सेटिङमा तस्करी हुदै आइरहेको छ । तर अहिले प्रदेश नं २ का सशस्त्र प्रहरी प्रमुख डिआईजी राजु अर्यालले सिमावर्ती नाका बाट हुने अपराधी गतीबिधी र चोरी तस्करीको नियन्त्रण गर्न मातहतका सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट हरुलाई निर्देशन दिनु भएको छ । तर सशस्त्र प्रहरी बल नेपाल नम्बर १४ हेडक्वाटर राजस्व तथा गस्ती सुरक्षा गुल्मबाट गुल्मपती सशस्त्र प्रहरी नायव उपरीक्षक अमर बहादुर खत्रीले तस्करीको सुरुप नै परिवर्तन गरि तस्करीको लाइन दिएका छन्।
दिनमा हुने तस्करी बिहान बेलुका हुने गरेको छ । वीरगञ्ज भन्सार क्षेत्र बाटो हुदै रातीको ९ बजे देखी बिहानको ४ बजे सम्म मोटरसाईकलमा राखी सशस्त्र प्रहरीहरुकै सहयोगमा भारतिय सिमावर्ती सहर रक्सौल पुरयाईरहेको एक जना तस्करले बताए । भने ग्रामीण सिमा नाकाबाट डीएसपी खत्रीको निर्देशनमा गिटी बालुवा तस्करी तिब्र गतिमा भईरहेको छ । तस्करीका लागि भारतसँग सीमा जोडिएका इनर्वा, छपकैया, भकुवा, पिपरपाती, भिषुवा, जानकीटोला, अमरपट्टी, धोरे, अलौ, र वीरगञ्ज भन्सारकै मुख्य गेटलगायतका नाका प्रयोग गर्न थालेका छन् ।
आरोहण शाह पर्साबाट हाम्रो कालापानीमा रिपोटिङ गर्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved