माओवादी केन्द्र महाधिवेसन : ६ दिने आमहड्तालको समीक्षा गर्न माग

  • पुस १४, २०७८
  • कालापानी मिडिया
alt

काठमाडाैं । नेकपा माओवादी केन्द्रको जारी महाधिवेशनमा बुद्ध दर्शनको कुरा उठेको छ। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि बुधबार सुझाव दिने क्रममा बुद्ध दर्शनको कुरा उठेको हो। 

माओवादीले बन्दसत्रमा गठन गरेका २५ वटा समूहमध्ये आयोगको तर्फबाट सुझाव पेश गर्दै नेता टंक राईले बुद्ध दर्शनको कुरा उठाएका हुन्। 

उनले माओवादीले अब दर्शनको हिसाबले भगवान् गौतम बुद्धको कुरा उल्लेख गर्नु आवश्यक रहेको सुझाव अध्यक्ष प्रचण्डलाई दिएका हुन्। 

१० वर्षसम्म हिंसात्मक जनयुद्ध गरेर शान्ति प्रक्रियामार्फत मूलधारको राजनीतिमा आएको माओवादीमा बुद्ध दर्शनको कुरा उठ्नुलाई अर्थपूर्ण मानिएको छ। 

के छ बुद्ध दर्शनमा?

बुद्ध दर्शनमा जातीवाद र कर्मकाण्डलाई कुनै स्थान दिइएको छैन। बुद्धको एउटा सन्देश हो, 'आफ्नो उज्यालो आफैँ बन र आफैँमा  मानवता खोज।'बुद्धले शान्तिको खोजमा छटपटाइरहेका विश्वका निम्ति बुद्ध दर्शन शाश्वत र सार्वकालिक रहेको बताएका छन्। संयुक्त राष्ट्र संघले समेत गौतम बुद्धको पञ्चशीलको सिद्धान्तलाई अनुमोदन गर्दै विश्वव्यापी मान्यता दिएको छ। 

यसलाई शान्ति, मैत्री र करुणाको सन्देश दिने सामाजिक र मौलिक दर्शनका रूपमा नेपालले ब्रान्डिङ गर्न सक्ने अवस्था छ। नेपालले पनि असंलग्नताको परराष्ट्र नीति अपनाउँदै आएको छ।

आमहड्तालको समीक्षा गर्न माग

माओवादीको यही समूहबाट पार्टीका तीनवटै आयोगका सदस्यले केन्द्रीय कमिटी बैठकमा सहभागी हुन पाउनुपर्ने माग पनि उठेको छ। यो समूहका नेता राईले २०५२ सालमा जनयुद्ध सुरु गर्नुअघि माओवादीले गरेका प्रतिवद्धता पूरा भए नभएकोबारे पनि गम्भीर समीक्षा हुनुपर्ने कुरा उठाएका छन्।

त्यसैगरी २०७१ चैतमा माओवादीले गरेको ६ दिने आमहड्तालको पनि समीक्षा हुनुपर्ने कुरा राईले उठाएका छन्। समूहको तर्फबाट सुझाव दिने क्रममा उनले उक्त आमहड्तालको समीक्षा हुनैपर्ने कुरा राखेका हुन्। राईले समाजवादको यात्रा सहज नभएको बताउँदै त्यसलाई ल्याउने वा आफैँ आउनेमा पार्टी प्रष्ट हुनुपर्नेमा पनि जोड दिएका छन्।

उनले कम्युनिष्ट पार्टीहरूको कार्यशैलीमाथि प्रश्न उठाउँदै सत्तामा गएर पनि जनमुखी हुन नसक्नुको कारण बारे गम्भीर समीक्षा हुनुपर्ने कुरा पनि सुझावमा राखेका छन्।यो समूहले पार्टी कार्यकर्ताको क्षमता, योग्यता र निरन्तरतालाई ध्यान दिनुपर्ने कुरा पनि राखेका छन्। उनले यस कुरामा नेतृत्वले ध्यान दिनै पर्नेमा जोड दिएका छन्। 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विश्वभर ८२ लाख नयाँ ...

काठमाडौं । स्वास्थ्य संगठन (डब्लूएचओ) ले गत वर्ष विश्वभर ८२ लाख नयाँ क्षयरोग (टीबी) का बिरामी पत्ता ...

तिहारको दोस्रो दिन ब ...

काठमाडौं : तिहारको दोस्रो दिन बिहीबार बिहान कुकुरतिहार मनाइँदै छ भने साँझ लक्ष्मीपूजा पनि गरिँदैछ। ...

अन्नपूर्ण आधार शिविर ...

म्याग्दी : म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved