सौर्य एयरलाइन्समा करेन्ट चाउचाउको कार्टुन, त्यसभित्र ५० लाख रुपैयाँ ! स्रोत खुलाउन नसक्दा कर्मचारी नै समातिए

  • पुस १८, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं / सौर्य एयरलाइन्सका कर्मचारीलाई स्रोत नखुलेको रकम सहित प्रहरीले पक्राउ गरेको छ।शनिवार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलबाट एयरलाइन्सका सहयोगी मोरङ विराटनगर महानगरपालिका-४ घर भएकी ३३ वर्षीया रेशा शाक्य पोखरेललाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

शनिवार दिउँसो विराटनगरबाट काठमाडौं आएको सूर्य एयरलाइन्सको उडान नम्बर एसएयु ७२४ बाट रकम आएको थियो। गोप्य सूचनाको आधारमा प्रहरीले विमानबाट आएको भद्रपुर लेखिएको रातो रङ्गको ब्यागभित्र करेन्ट चाउचाउको कार्टुन फेला पार्‍यो। त्यसको भित्र ५० लाख रुपैयाँ भेटिएको हो।

पोखरेललाई प्रहरीले थप अनुसन्धानको लागि राजश्व अनुसन्धान विभागमा बुझाएको जानकारी दिएको छ। चालु आर्थिक वर्षको पाँच महिनामा प्रहरीले देशभरबाट स्रोत नखुलेको ५ करोड ८७ लाख ५५ हजार ५ सय ६७ रुपैयाँ बरामद गरेको छ। अघिल्लो आर्थिक वर्षको पाँच महिनासँग तुलना गर्दा  २ सय ९२ प्रतिशतले बरामद रकम बढेको देखिएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विश्वभर ८२ लाख नयाँ ...

काठमाडौं । स्वास्थ्य संगठन (डब्लूएचओ) ले गत वर्ष विश्वभर ८२ लाख नयाँ क्षयरोग (टीबी) का बिरामी पत्ता ...

तिहारको दोस्रो दिन ब ...

काठमाडौं : तिहारको दोस्रो दिन बिहीबार बिहान कुकुरतिहार मनाइँदै छ भने साँझ लक्ष्मीपूजा पनि गरिँदैछ। ...

अन्नपूर्ण आधार शिविर ...

म्याग्दी : म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved