महासंघको सदस्यता खुल्यो ,माघ ११ गतेभीत्र निवेदन बुझाउने, छानविन समितिको प्रतिवेदनमा अनियमितता नभएको ठहर

  • माघ ७, २०७६
  • कालापानी मिडिया
alt

आरोहण शाह
वीरगञ्ज ७ माघ । नेपाल पत्रकार महासंघ पर्सा शाखाको कार्यसमिति बैठक आज सम्पन्न भएको छ । बैठकले नेपाल पत्रकार महासंघ पर्सा शाखाले नयाँ सदस्यता नदिएको भन्दै आएको विविध खाले आरोप प्रति आपति जनाउँदै सदस्यता लिन चाहने व्यक्तिले नेपाल पत्रकार महासंघको निर्वाचन हुनुपुर्वको ६ महिना अगाडी बाहेक जुनसुकै बेला सदस्यता लिन सक्ने प्रावधान हुदाँ हुदैपनी शाखालाई बदनाम गराउने उदेश्यले गरिएको प्रचारबाजी र भ्रममा कोहि पनि नपर्न आग्रह समेत गरेको छ ।

महासंघको नयाँ सदस्यताका लागी नेपाल पत्रकार महासंघ केन्द्रिय समितिको २०७६ मंसिर २ गते गोरखामा बसेको संगठनात्मक बैठकले प्रस्ट रुपमा सदस्यता फारम खोली नरहनुपर्ने भनिएपनी नेपाल पत्रकार महासंघ पर्सा शाखामा हालसम्म नयाँ सदस्यताका लागी कुनैपनी निवेदन नआएकोले क्रियाशिल पत्रकारहरुलाई बिधानले दिएको मापदण्ड भित्र रहि फारम भर्न आग्रह गर्दै निर्णय समेत गरेको छ । यस सन्दर्भमा आजैको मितीदेखी महासंघको कार्यालयमा नयाँ सदस्यतालिन चाहने व्यक्ति स्वयमले २०७६ माघ ११ गतेभीत्र नेपाल पत्रकार महासंघको सभाहलमा निवेदन बुझाउन निर्णय गरिएको छ । केन्द्रीय कमिटिको विधानले निर्दिष्ट गरेको प्रमाण सहित निवेदकले रु ५ सय रुपैयाँ सहित महासंघको कार्यलयमा निवेदन दिन र यसका लागी कार्यसमिति सदस्य जियालाल साहलाई जिम्मेवारी दिइएको छ ।

यसैगरी नेपाल पत्रकार महासंघ पर्सा शाखाको २३ औँ सधारण सभामा प्रस्तुत प्रतिवेदन माथि केही असन्तुष्ट विषय माथि गठित छानविन समितिले बुझाएको प्रतिवेदनमा औल्याइएको सुझावलाई छलफल गर्दा सहयोगी दाताले दिएको सहयोग नेपाल पत्रकार महासंघको भवन निर्माणमा खर्चिएको देखिएको छ । असन्तुष्ट पक्षले बुझाएको प्रतिवेदनमा कार्यसमिति प्रति केही विषयमा पुर्वाग्राही समेत देखिएकाले विधि सम्वत कार्य गर्ने निर्णय गरिएको छ । साथै औंल्याईका सुझावलाई कार्य समितीले कार्यन्वनमा ल्याएको र उठेका नगद एवं जिन्सी अनियमितता नभएको ठहर समेत गरेको छ ।

नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष श्याम बन्जाराको सभापतित्वमा समपन्न बैठकमा उपाध्यक्ष अनुप तिवारी, सचिव युवराज खड्का, सह सचिव आर के पटेल, कोषाध्यक्ष भुषण यादव सदस्यहरु संजिव मिश्रा, सफल खतिवडा, जियालाल साह, मनोज पटेल, अमित अग्रवाल, सुष्मा शर्मा, प्रणय साह, पुष्पराज तिमलशिना लगायतको उपस्थिति रहेको थियो । बैठकले यसअघि गठन भएको सदस्यता नविकरण ,शुद्धिकरण एवं सिफारिस समितीलाई थप जिम्मेवारी समेत दिने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
संयुक्त टोलीले गर्यो ...

इनरुवा । सुनसरीस्थित सशस्त्र प्रहरी बल–४ नम्बर गण र भारतीय सीमा सुरक्षा बल (एसएसबी)को संयुक्त ...

नारायणगढ-मुग्लिन सडक ...

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डको सत्र किलोमा शुक्रबार बिहान बस र हायस ठोक्किँदा मृत्यु हुनेको संख् ...

पुटिनलाई युक्रेनमा छ ...

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बिहीवार युरोपले युक्रेनमा आक्रमण रोक्न क्रेमलिनलाई छुट दि ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved