बेदकोट नगरपालिकाले सडकबत्ती र सिसिटिभी जडान गर्ने

  • माघ ८, २०७६
  • कालापानी मिडिया
alt

कञ्चनपुर। पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत कञ्चनपुरको बेदकोट नगरपालिकामा पर्ने सडकखण्डमा नगरपालिकाले सडकबत्ती तथा सिसिटिभी जडान गर्ने भएको छ । दुर्घटना न्यूनिकरण तथा सुरक्षालाई मध्यनजर गर्दै महेन्द्र राजमार्गको बेदकोट नगरपालिका क्षेत्रभित्र पर्ने सडकखण्डमा बत्ती जडान गर्न लागिएको हो ।

सडकबत्ती तथा सिसिटिभी क्यामेरा जडान गर्ने प्रक्रिया सुरु भएको भएको बेदकोट नगरपालिकाका नगर प्रमुख अशोक कुमार चन्दले बताए । ‘दुर्घटना तथा सुरक्षालाई दृष्टिगत गर्दै यस वर्ष सडकबत्ती र सिसिटिभी क्यामेरा जडान गरिदै छ ।’ दैनिक सञ्चारसंग कुरा गर्दै उनले भने, ‘यसका लागि ठेक्का भएको छ, केही समयमा नै काम सुरु हुन्छ ।’

उनका अनुसार एक करोड ५० लाखमा सिसिटिभी क्यामेरा र सडकबत्ती जडान गरिने छ । पहिलो चरणमा महेन्द्र राजमार्ग अन्तर्गत नगरपालिकाको सीमा प्रारम्भ रेखा काङला पुलदेखि चम्फापुरसम्मका मुख्य चोक–चोकमा सडकबत्ती जडान गर्न लागिएको हो ।

‘पहिलो चरणमा मुख्य चोकमा सडकबत्ती जडान गरिने छ, बजेट अपुग नभएमा राजमार्गको अन्य ठाउँमा पनि बत्ती थपिदै जाने छन् ।’ नगर प्रमुख चन्दले भने । पहिलो चरणमा नगरपालिकाको सुडा, लालपुर, सिसैया, सामादैजी, दैजी, चम्फापुर लगायतका चोकमा सडकबत्ती जडान गरिन लागिएको हो । यस्तै सिसिटिभी क्यामेरा पनि नगरपालिका अन्तर्गत राजमार्गमा रहेका विभिन्न चोक–चोकमा जडान गरिने छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
संयुक्त टोलीले गर्यो ...

इनरुवा । सुनसरीस्थित सशस्त्र प्रहरी बल–४ नम्बर गण र भारतीय सीमा सुरक्षा बल (एसएसबी)को संयुक्त ...

नारायणगढ-मुग्लिन सडक ...

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डको सत्र किलोमा शुक्रबार बिहान बस र हायस ठोक्किँदा मृत्यु हुनेको संख् ...

पुटिनलाई युक्रेनमा छ ...

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बिहीवार युरोपले युक्रेनमा आक्रमण रोक्न क्रेमलिनलाई छुट दि ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved