देखाउनकै लागि भएपनि अटाेमा सवार भए प्रधानमन्त्री देउवा : ४ घण्टा पर्खाएर ५ मिनेट नबाेलि फर्किए

  • पुस २०, २०७८
  • कालापानी मिडिया
alt

इटहरी । फोहोरमैला प्रशोधनबाट उत्पादन गरिएको उर्जाबाट सञ्चालन हुने सफारीको आज धरानमा प्रधानमन्त्री शेर बहादुर देउवाले उद्घाटन गरेका छन् ।उद्घाटनपछि प्रधानमन्त्री देउवा उक्त सफारी (अटो) मा पनि बसेका थिए ।

उद्घाटन कार्यक्रममा प्रदेश १ का भौतिक योजना तथा निर्माण मन्त्री हिमाल कार्की, धरान उपमहानगरपालिकाका  प्रमुख तिलक राई, उपप्रमुख तथा नेकपा एमाले केन्द्रीय सदस्य मञ्जु भण्डारीलगायत व्यक्तिहरुको सहभागिता रहेको थियो ।

भेन्चर वेष्ट टू इनर्जीले धरान उपमहानगरपालिका–६ स्थित पानवारीमा प्रशोधन केन्द्र बनाएको हो । धरान उपमहानगरपालिकाको फोहोरलाई व्यवस्थापन गर्दै फोहोरबाट ग्यास र मल उत्पादन गर्ने लक्ष्य लिएर उक्त केन्द्र निर्माण गरिएको परियोजनाका इन्जिनियर विवेक अग्रवालले जानकारी दिए ।

२० वर्षपछि धरान उपमहानगरपालिकालाई हस्तान्तरण गर्ने गरी ५० मेट्रिन टन क्षमताको प्रशोधन केन्द्र निर्माण भएको छ । यसमा उपमहानगरको कुनै पनि लगानी छैन ।

प्रशोधनका लागि प्लान्ट एउटै भए पनि चेम्बर फरक फरक छन् । १० टनमा तीनवटा चेम्बर छ । जम्मा १५ वटा चेम्बर छन् । प्रशोधन केन्द्रबाट उत्पादन भएको ग्यास धरानमा चलिरहेका टेम्पोहरुमा प्रयोग हुने बताइएको छ ।

प्रशोधन केन्द्रले दैनिक दुई हजार केजी ग्यास उत्पादन गर्ने क्षमता रहेको सञ्चालकले जनाएका छन् । दैनिकजसो ४०० देखि ५०० टेम्पोलाई ग्यास उपलब्ध गराउन सक्ने क्षमता रहेको छ ।

यता हेलिकोप्टरमार्फत धरान आएका उनले यसअघि बिहान साढे १० बजे धरान २ मा रहेको नेपाली कांग्रेस सुनसरी क्षेत्र नं. १ को नवनिर्मित पार्टी कार्यालय भवनको उद्घाटन गरेका थिए ।

पार्टी भवनको उद्घाटनको क्रममा उनले कांग्रेसको भविष्य बनाउन पार्टीमा एकता जरुरी रहेको टिप्पणी गरे । पार्टी सभापतिमा दोस्रो पटक निर्वाचित भएपछि पहिलोपटक जिल्ला भ्रमणमा निस्किएका देउवाले भने, ‘पार्टीमा भविष्य बनाउन एकता जरुरी छ, यसको सुरुआत धरानबाट हुनेछ भन्ने विश्वास लिएको छु ।’

यस्तै, देउवाले धरान ६ पानवारीस्थित निर्माण भएको फोहोर प्रशोधन केन्द्रको पनि उद्घाटन गरेका छन् । यस्तै, धरान ८ मा निर्माण भइरहेको स्मार्ट बसपार्कको पनि अवलोकन गरेका थिए ।

तीनवटा कार्यक्रममा सहभागी भएपछि मात्रै धरान उत्सवको उद्घाटन गर्न पुगेका प्रधानमन्त्री देउवाले तीन मिनेट मात्रै सम्बोधन गरेका थिए । करीब चार घण्टा पर्खिएका मानिसहरूले देउवाको तीन मिनेट मात्रै सम्बोधन सुन्दा खिन्नता भएको आशय प्रकट गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विश्वभर ८२ लाख नयाँ ...

काठमाडौं । स्वास्थ्य संगठन (डब्लूएचओ) ले गत वर्ष विश्वभर ८२ लाख नयाँ क्षयरोग (टीबी) का बिरामी पत्ता ...

तिहारको दोस्रो दिन ब ...

काठमाडौं : तिहारको दोस्रो दिन बिहीबार बिहान कुकुरतिहार मनाइँदै छ भने साँझ लक्ष्मीपूजा पनि गरिँदैछ। ...

अन्नपूर्ण आधार शिविर ...

म्याग्दी : म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved