विराटनगर । एमबिबिएस प्रथम वर्षका विद्यार्थीको पक्षमा समर्थन जनाउन गएका विभिन्न विद्यार्थी संगठनका नेता तथा कार्यकर्ताले नोवेल मेडिकल कलेज तोडफोड गरेका छन्।
अतिरिक्त शुल्क विवाद कायम रहेको विराटनगरस्थित नोवेल मेडिकल कलेजमा बुधबार विद्यार्थीको समर्थनका लागि पुगेका विद्यार्थी संगठनहरूले नोवेलको मूल द्वारमा तोडफोड गरेका हुन्। अतिरिक्त शुल्क नबुझाएको भन्दै नोवेल मेडिकल कलेजले ८० जना हाराहारी विद्यार्थीलाई दुई सातादेखि कक्षा प्रवेशमा रोक लगाएको छ। ती विद्यार्थी यतिवेला कक्षा प्रवेशका लागि आन्दोलनरत छन्।
विद्यार्थीहरूले गेट फोडेर नोवेलको चौथो तलामा रहेको प्रशासनमा तालासमेत लगाएका छन्। १४ लाख ८५ हजार रूपैयाँ बुझाएर एमबिबिएस प्रथम वर्षमा भर्ना भएका विद्यार्थीसँग नोवेलले विभिन्न शीर्षकमा ४ लाखभन्दा बढी रकम असुल्न खोजिरहेको छ। यसपटक नोवेलमा एक सय जना विद्यार्थी एमबिबिएसमा भर्ना भएका छन्।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved