काठमाडौं । मंगलबार सम्म नेपालमा सक्रिय पश्चिमी वायुको प्रभाव बुधबार भने सकिएको छ । हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मौसमविदहरुका अनुसार मंगलबारको तुलनामा राजधानी काठमाडौंको तापक्रम बुधबार घटेको छ। मंगलबार न्यूनतम तापक्रम २ दशमलब ७ डिग्री सेल्सीयस रहेकोमा बुधबार बिहान भने १ दशमलब ६ डिग्री सेल्सीयसमा झरेको छ । गत सोमबार बिहान भने १ दशमलब ५ डिग्री सेल्सीयस रहेको थियो । राजधानीमा न्यूनतम तापक्रम सामान्य थपघट भइरहेको मौसमविदको भनाई छ ।
देशको तराई भूभागका अधिकांश स्थान लगायत पहाडी भूभागका केही स्थानमा हुस्सु र कुहिरो लागेको महाशाखाले उल्लेख गरेको छ । बुधबार दिउँसो मौसम सामान्यतया सफा रहने र तराईका भूभागमा भने हुस्सु र कुहिरो रहने जनाइएको छ । भोलि बिहीबार र पर्सि शुक्रबार पनि मौसम देशैभर सामान्यतया सफा रहने जनाइएको छ ।
तर, तराई क्षेत्रमा हुस्सु र कुहिरोको प्रभाव रहने पूर्वानुमान महाशाखाले जनाएको छ ।
तराईका अधिकांश भूभागमा हुस्सु र कुहिरो रहने र ती स्थानमा घाम राम्रोसँग नलाग्ने भएकोले चिसोबाट बच्ने उपाय अपनाउन पनि पूर्वानुमान महाशाखाले सबैमा आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved