एकेन्द्र चन्द,
डोटी।बर्ष भरिको आम्दानी को स्रोत को रुपमा लिइने अदुवा ब्यापारी ले विभिन्न बाहाना बनाउदै उठाउनै छोडेपछी स्थानीयको अदुवा घरैमा कुहिन थालेको छ ।
अदुवा कुहिन थालेपछी स्थानीय निरास बनेका छ्न डोटिको बडिकेदार गाउपालिका वडा न ५ मा ५६२ घर धुरी छन त्याहाका यकाध परिवार बाहेक अधिकास ले अदुवा खेती गर्दै आयका छ्न ब्यापारीहरुले यकाधिकार लादेर प्रती केजि ६० रुपैयाँ काचो अदुवा को कायम गरेपछी केहीले अदुवा बिक्री गरेपनी अधिकासको अदुवा भने घरमै कुहिन थालेको छ ।
आफुहरुलाइ अदुवा खनेर राख्न र भोलि नै अदुवा लिन आउछु भनेर ब्यापारीहरु नआएकाले हामिले खनेको अदुवा एक महिना भैसक्यो कोहि पनि फर्केर आएको छैन । अदुवा कुहिन थालिसक्यो बर्ष भरिको आम्दानी हो अब यस वर्ष घर खर्च जुटाउनै मुस्किल भएको किसानको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved