प्रनिश क्षत्रि
चितवन ।
२०७२ साल बैशाख १२ गतेको भुकम्पले भत्किएको चितवनको इच्छाकामना गाउँपालिका ५ स्थित मुग्लिङमा रहेको ईलाका प्रहरी कार्यालयको भवन अझै बन्न सकेको छैन् । भौतिक पुर्वाधार बिकासमा प्रहरी प्रधान कार्यालयले चासो नदेखाउदा प्रहरीहरुले कष्टकर रात विताउन बाध्य भएका छन् ।
भुकम्पले भत्किएको भवन पुनः निर्माण नभएका कारण मुग्लिङ स्थित प्रहरी भवन जिर्ण भएको छ । भौतिक पुर्वाधार बिकासमा प्रहरी प्रधान कार्यालयले चासो नदेखाउदा प्रहरी भवन बन्न सकेको छैन । भवन नबने पछी त्रिपालमुनी बसेरनै प्रहरीले सुरक्षा दिदै आएका छन् । पहिलेदेखि नै जिर्णहुदै गएको पुरानो भवन भूकम्पले क्षति पु¥याएपछि काम नलाग्ने भएको छ । प्रहरीहरुले आफनो ड्युटी समय सकेपछि पनि दिउँसोको समयमा आराम गर्न समस्या हुने गरेको जनाएका छन् ।
प्रहरीहरुले तीनवटा त्रिपालमा रात कट्दै आएका छन् । जिर्ण भवन र त्रिपालमै बसेर भएपनि प्रहरीले आफ्नो कामलाई नियमित गरिरहेको प्रहरीको भनाई छ । सबै प्रहरीहरु त्रिपालमा बसेको र उक्त पाल पनि सहयोगी दाताहरूले उपलब्ध गराएको प्रहरी निरीक्षक कञ्चन तमाङले बताए । प्रहरी जोखिममा बसेर भए पनि नागरिकको सुरक्षामा तत्पर भएको निरीक्षक तमाङले बताए ।
२०४१ सालमा स्थापना गरिएको ईलाका प्रहरी कार्यालय मुग्लिङमा हाल प्रहरी निरीक्षक सहित २५ जना प्रहरीहरु कार्यारत रहेका छन् । भुकम्पले क्षति पु¥याएको चार बर्ष बितिसक्दा समेत भवन निर्माण हुन नसके पछी प्रहरीहरुले कष्टकर रातकाट्न बाध्य भएका छन् ।।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved