सुनसरी । माटोको ताक्रमले उत्पादनलाई प्रभाव पार्ने हुदाँ बेमौषमी बाली लगाउदा समेत माटोको ताक्रमलाई नियन्त्रण गर्न सकिए उत्पादन राम्रो लिन सकिने विज्ञहरुले सुझाव दिएका छन । पुर्वी नेपालमा कृषि क्षेत्रको अनुसन्धान गर्दै आएको सुनसरी स्थीत क्षेत्रीय कृषि अनुसन्धान केन्द्र तरहराले माटोको तापक्रम नियन्त्रण गर्न सहज तरिका अपनाएर राम्रो उत्पादन लिन सकिएपछि किसानहरुलाई समेत ताक्रम नियन्त्रणका लागि सुझाव दिन थालेको छ ।
जाडोको मौषममा चिसाको कारण उत्पादन प्रभावित हुने गरेकोमा प्लाष्टिक मल्च र घाँसपात राखेर खेती गरिए माटोको ताक्रम बढेर उत्पादन राम्रो लिन सकिने श्रेत्रीय कृषि अनुसन्धान केन्द्र तरहराका प्रमुख टिकाराम चापागाइ वताउछन । माटोको ताक्रम नियन्त्रण गर्न प्लाष्टिक मल्च जाडो मौषममा प्रभावकारी भएपनि गर्मीको समयमा प्लाष्टिक मल्चले अझ ताक्रम बढाउने तर्फ मध्यनजर गर्दै जाडोमा ताक्रम बढाउने र गर्मीमा चिस्यान कायम गर्न घाँसपात राखेर बाली लगाउदा उत्पादन राम्रो हुने चापागाइले जानकारी दिए ।
क्षेत्रीय कृषि अनुसन्धान केन्द्रको बागवानी अनुसन्धान इकाइले समेत ताक्रम नियन्त्रणका लागि पराल र घाँस प्रयोग गरेर तरकारी वालीको अनुसन्धान समेत गर्दै आएको छ । पराल र घाँस जस्ता कुहिने वस्तुहरु राखेर ताक्रम नियन्त्रण गर्ने गरी तरकारी वाली लगाउदा पराल र घाँस कुहेर मल हुने हुँदा उत्पादन राम्रो लिन सफल हुने समेत विज्ञहरुले सुझाव दिएका छन । पराल र घाँस राखेर क्षेत्रीय कृषि अनुसन्धान केन्द्रले ताक्रम नियन्त्रण गर्ने गरी आलुको अनुसन्धान भई रहेको केन्द्रका प्राविधिक डिल्लीप्रसाद भट्टराईले जानकारी दिए । रासायिनीक मलको प्रयोग नगरी घाँस र पराल ड्यागं बनाएर आलुको अनुसन्धान गरिदै आएको उत्पादनको आधारलाई लिएर आलुको जातको सिफारिस गर्ने गरी अनुसन्धान गरिदै आएको समेत भट्टराईले वताए ।
पुर्वी तराईमा मौषमी तथा बेमौषमी तरकारी बाली व्यवसायीक रुपमा लगाउने गरिदै आएको छ । यसरी तरकारी बाली लगाउदा प्लाष्टिक मल्च प्रयोग गरिदै आएकोमा गर्मीको समयमा प्लाष्टिक मल्चले ताक्रम बढाएर बालीलाई प्रतिकुल असर पर्ने तर्फ मध्यनजर गर्दै ताक्रम नियन्त्रण र मल समेत हुने भएकाले घाँस पराल राखेर तरकारी लगाउदा उत्पादन बढनु साथै रासायिनिक मलको प्रयोग समेत घट्ने विश्वास लिइएको छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved