चीनमा कोरोना भाइरस फैलिने क्रम तीव्र भएको अवस्थालाई लिएर चिनियाँ राष्ट्रपति सी जिनपिङले चेतावनी दिँदै ‘गम्भीर अवस्था’ निम्तिएको बताएका छन्।
कोरोना भाईरस तीव्र गतीमा फैलन थालेपछि राष्ट्रपति सीले चिनियाँ उच्च अधिकारीहरुको विशेष बैठक बोलाउदै गम्भीर समस्यामा रहेको देशको अहिलेको खतरापूर्ण अवस्थालाई सहजतातर्फ लैजान निर्देशन दिए। चिनियाँ नयाँ वर्ष ‘लुनार’ को अवसरमा सार्वजनिक बिदाकै दिन डाकिएको बैठकमा राष्ट्रपति सीले सचेत रहन नागरिकलाई पनि आग्रह गरे।
चिनियाँ शहर वुहानमा पहिलो पटक सङ्क्रमण देखिएपछि अहिलेसम्म कम्तीमा ४२ जनाको ज्यान गइसकेको छ। एक हजार चार सयभन्दा बढी सङ्क्रमित भएका छन्। वैज्ञानिकहरुले चेतावनी दिँदै चीनमा फैलिइरहेको घातक कोरोना भाइरसको सङ्क्रमणलाई रोक्न असम्भव हुन सक्ने बताएका छन्। विश्वको सङ्क्रमित रोगका बारेमा अध्ययन गर्ने लण्डनको एमआरसी सेन्टरले भनेको छ, ‘यो भाइरस मानिसबाट मानिसमा सङ्क्रमण हुने हुँदा यसको अवस्थाला कस्तो छ भनेर बुझ्न सकिन्छ।’
सेन्टरका अनुसार एक जनाबाट कम्तीमा अन्य दुई जनामा यसको सङ्क्रमण फैलिइरहेको छ। उनीहरुले यो भाइरसबाट बच्नका लागि चीन गरिरहेको प्रयासलाई सहरानीय भनेका छन्।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved