काठमाडौं । नेपालमा सोमबार पीसीआर परीक्षणमा कोरोना भाइरसको सङ्क्रमण दर १५.१ प्रतिशत देखिएको छ । यस्तै एन्टीजेन विधिबाट सङ्क्रमण दर ३.६ र दुवै गरेर समग्रमा सङ्क्रमण दर १२.७ प्रतिशत देखिएको छ ।
यसअघि हिजो पीसीआर ९.५ र समग्र सङ्क्रमण दर ९.२ प्रतिशत रहेको थियो । एकै दिनमा सङ्क्रमण दर झन्डै ६ प्रतिशतले बढेको देखिएको छ ।
पछिल्लो २४ घण्टामा चोध सय ४६ नयाँ संक्रमित थपिएका छन् । जसमा तेह्र सय ५७ जनामा पीसीआर र ८९ जनामा एन्टीजेन विधिबाट सङ्क्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा ८ हजार ९ सय ६५ पीसीआर र २ हजार ४ सय ६४ एन्टीजेन गरेर ११ हजार ४ सय २९ जनाको नमुना परीक्षण गरिएको थियो ।
नयाँ थपिनेमा ६७५ काठमाडौं, ६५ भक्तपुर र १३६ ललितपुरका हुन् ।यसै समयावधिमा थप २ जनाको मृत्यु भएको छ भने, २५ जना सङ्क्रमणमुक्त भएका छन् । सक्रिय संक्रमित सङ्ख्या समेत बढेर ७ हजार ८ सय ५५ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved