काठमाडौं । राजा ज्ञानेन्द्र शाहले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्नुभएको छ । सिंहदरबारको पश्चिम गेटमा पुगेर राजा ज्ञानेन्द्रले राष्ट्रनिर्माता शाहको तस्वीरमा माल्यार्पण गर्नुभएको हो ।
राजा त्यहाँ पुग्दा उहाँका समर्थकहरूले राष्ट्रिय झण्डा र पृथ्वीनारायण शाहको तस्वीरअंकित पोस्टर बोकेका थिए । उहाँका समर्थकहरुले गणतन्त्रविरोधी नारासमेत लगाएका थिए । उनीहरुले ‘गणतन्त्र मुर्दावाद’, ‘हाम्रो राजा, हाम्रो देश’, ‘यो व्यवस्था चाहिँदैन’ लगायतका नारा लगाएका थिए । यदपी राजा आउने कार्यक्रम भने अव्यवस्थित भएको भन्दै सर्वत्र आलोचना भइरहेको छ । राजा ज्ञानेन्द्रले राष्ट्रिय एकता दिवसको पूर्वसन्ध्यामा सोमबार विज्ञप्ति जारी गर्दै गणतान्त्रिक व्यवस्थाप्रति असन्तोष जनाउनुभएको थियो ।
यसअघि माल्यार्पणका लागि राष्ट्रपति विद्यादेवि भण्डारी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले‚ राष्ट्रिय प्रजातन्त्र पार्टीका निवर्तमान अध्यक्ष कमल थापालगायतका नेताहरू पुगेका थिए भने राजले माल्यार्पण गरिसक्नु भएपश्चात राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन माल्यार्पणका लागि पुगेका थिए ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved