जानकी आँखा अस्पतालमा बर्सेनि १० हजारको शल्यक्रिया

  • माघ १२, २०७६
  • कालापानी मिडिया
alt

१२ माघ, धनुषा ।  जनकपुरधाम स्थित जानकी आँखा अस्पतालमा बिरामीको चाप बढेको छ । नेपाल रेडक्रस सोसाईटीद्वारा संचालित जानकी आँखा अस्पतालमा सहज एवं सरल उपलब्धताबाट फेको शल्यक्रिया आँखाका बिरामीहरुको लागि आकर्षण बनेको हो ।

भारतमा अत्याधिक महंगो, निजी अस्पताल, काठमाडौँमै पनि फेको सेवा लिन अत्यधिक खर्च बेहोर्न नसक्नेहरुको लागि जानकी आँखा अस्पताल राम्रो विकल्प बनेको छ । फेको शल्यक्रियाबाट आँखामा हुने मोतियाबिन्दुको उपचार बिना चिरफार, अति नै सुक्ष्मयन्त्रबाट गरिने र आधा घण्टामा बिरामी निको भएर घर फर्किने हुनाले फेको प्रविधिमा आकर्षण बढेको अस्पतालका प्रशासन कायम–मुकायम प्रशासकीय अधिकृत दिपेन्द्र सिंहले बताए ।
उनले भने, ‘भारतीय बिरामीहरुलाई उता फेको प्रविधिबाट उपचार लिन सेवा नै उपलब्ध छैन, उपलब्ध भएको सेवामा समेत ५० हजार सम्म शुल्क लिईन्छ, तर यहाँ बिना घाउँ, सरल र सुलभ तरिकाबाट सर्जरी गरिने भएकोले बढी बिरामी आउँछन् ।’ भारतमा ५० हजार र जनकपुरमा मात्र १२ हजार नेपालीमा यो सेवा पाउने भएपछि भारतीय आँखा बिरामीहरु बढी आकर्षित भएर आउने गरेको छ । सिंहले काठमाडौँमा समेत यही सेवा लिन ३० हजार रुपैयाँ खर्चिनुपर्ने दाबी गरे ।

1577092622janaki_aakha 1
नेपालसँग छिमेकी रहेको भारतको बिहार, उत्तरप्रदेश, झारखण्ड, बंगाल सम्मका आँखा बिरामीहरु अस्पतालमा आउने गरेको र उनीहरुले नयाँ सेवा स्वरुप फेकोलाई सराहना गर्ने गरेको छन् । हाल प्रतिदिनको हिसावले २० देखि २५ जना बिरामीहरुलाई फेको माध्यमबाट शल्यक्रिया भइरहेको अस्पताल प्रशासनले जनाएको छ ।चिसो महिनामा आँखा शल्यक्रिया गराउंदा घाउँ नलाग्ने र छिटो निको हुने भएका कारण कात्तिक देखि फाल्गुन सम्म अस्पतालमा बिरामीहरुको संख्या ह्वात्तै बढ्ने गरेको नेत्र अधिकृत रुदल साहले बताए । अन्य सिजनहरुमा ३ देखि ५ सयको संख्यामा दैनिक बिरामीहरु आउने गरेपनि अहिले प्रतिदिन ५ देखी ७ सयको संख्यामा बिरामीको चाप रहने गरेको साह बताउँछन् ।

1577092622janaki_aakha
मोतियाबिन्दुको शल्यक्रिया गर्न जानकी आँखा अस्पतालमा ४ हजार ३ सय ८० रुपैंया शूल्क तिर्नुपर्ने हुन्छ । जसमा अस्ट्रेलियन प्रविधीबाट बनेको गुणस्तरीय लेन्स समेत दिइने हुनाले बिरामीहरुको संख्या बढि भन्दा बढि हुने गरेको छ । अझ गाउँघरमा सञ्चालन गरिने शिविरका बिरामीहरुलाई १ हजारमा सर्जरीसहित चस्मा र औषधि समेत प्रदान गरिँदै आएको शिविर संयोजक अजय कुमार झाले बताए । ‘कुनै संघसंस्था वा स्थानीय गाउँलेहरुले शिविर चलाएर आएका बिरामीहरुका लागि अझ सुलभ छ, एक हजारमै हामीले सर्जरी गरि सेवा प्रदान गर्छौ’, उनले भने । अधिकांश निजी क्लिनिक वा अस्पतालहरुमा बढि रकम लिने गरिएको र गुणस्तरहीन लेन्स लगाउने गरिएकोले बिरामीहरुको विश्वास अस्पताल प्रति बढ्दै गएको भारतबाट आँखाको अप्रेशन गराउन आएका मधुवनीका ५० वर्षीय विकास पजियारले बताए ।

670fea6812ef2bcf84fb24815fef0577

नेपाल रेडक्रस सोसाईटी क्षेत्रीय आँखा अस्पताल कार्यक्रम अन्तर्गत जनकपुरमा सन २०१५ मा ओपिडिमा १ लाख २ हजार ३ सय ३० र शल्यक्रियामा ७ हजार ७ सय ८१, २०१६ मा १ लाख ४ हजार ३ सय १५ ओेपीडीमा र १० हजार २ सय ७१ शल्यक्रियामा भएको अस्पताल प्रशासनले जनाएको छ । २०१७ मा ओपिडी तर्फ १ लाख ५ हजार ३ सय १० र सर्जरीमा ८ हजार ९ सय, २०१८ मा १ लाख १२ हजार, शल्यक्रियामा ९ हजार ४ सय ५० र २०१९ मा ओपिडी तर्फ १ लाख १७ हजार १ सय ७२ मा ८ हजार ९ सय ५३ जनाको शल्यक्रिया गरिएको अस्पताल प्रशासनले जनाएको छ । जस मध्ये ४० प्रतिशत भारतीय आँखाको बिरामी आउने गरेको तथ्याङ्कले देखाउँछ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
संयुक्त टोलीले गर्यो ...

इनरुवा । सुनसरीस्थित सशस्त्र प्रहरी बल–४ नम्बर गण र भारतीय सीमा सुरक्षा बल (एसएसबी)को संयुक्त ...

नारायणगढ-मुग्लिन सडक ...

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डको सत्र किलोमा शुक्रबार बिहान बस र हायस ठोक्किँदा मृत्यु हुनेको संख् ...

पुटिनलाई युक्रेनमा छ ...

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बिहीवार युरोपले युक्रेनमा आक्रमण रोक्न क्रेमलिनलाई छुट दि ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved