काठमाडौँ – अग्नि सापकोटालाई सभामुख नबनाउन अन्तरिम आदेशको माग गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको रिटको सुनुवाइ न्यायाधीश हरि फुयालले गर्न नमिल्ने भएको छ । सर्वोच्चको न्यायाधीश हुनुअघि नै फुयालले कानून व्यवसायीको हैसियतले बहस गरेका कारण उनले सो मुद्दा हेर्न नमिल्ने भएको हो ।
त्रिपाठीले शुक्रबार सापकोटालाई तत्काल पक्राउ गरी उनीमाथि लागेको अभियोगमा छानबिन गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए। प्रधानन्यायाधीश चोलेन्द्र शमशेरले फुयालको एकल इजलासमा मुद्दाको पेशी तोके पनि फुलायले हेर्न नमिल्ने भएको हो । काभ्रेका अर्जुन लामाको हत्या आरोप लागेका सापकोटामाथि यसअघि सर्वोच्चले घटनाको छानबिन गर्न आदेश दिएको थियो।
माघ ७ गते सभामुखमा सापकोटाको एकल उम्मेदवारी परेपछि उनका विरुद्ध मानव अधिकारकर्मीले सडकमै उत्रेर विरोध जनाइ रहेका छन्। माओवादी युद्धका बेला २०६२ वैशाख १६ गते काभ्रेको छत्रबाँझस्थित कृष्ण माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्जुन लामालाई अपहरण गरेर हत्या गरेको आरोप सापकोटामाथि छ। सापकोटालाई आइतबार दिउँसो ३ बजे बस्ने प्रतिनिधिसभाको बैठकले सभामुखमा निर्विरोध निर्वाचत भएको घोषणा गर्दैछ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved