कुसुन्डा भाषाकी जानकार ज्ञानीमैयाको निधन

  • माघ १२, २०७६
  • कालापानी मिडिया
alt

सुमन केसी 
१२ माघ, दाङ । कुसुन्डा भाषाकी एकमात्र जानकार ज्ञानीमैया कुसुन्डाले संसार छाडेकी छिन् । लामो समयदेखि दमको रोगले ग्रसित कुसुन्डाको लमही नगरपालिका ६ कुलमोहर घरमा ८५ वर्षको उमेरमा निधन भएको हो ।

एक साता अगाडि उनलाई विरामी भएपछि परिवारले कोहलपुर अस्पतालमा ४ दिन भर्ना गरेर घरमा ल्याएका थिए । आर्थिक अभावका कारणले उपचार गर्न समस्या भएपछि भाषाविद् उदय आलेले उनलाई लमहीको फ्लोरेन्स अस्पतालमा उपचारका लागि पहल गरेका थिए । अस्पतालले पनि उपचार हुन नसक्ने भन्दै उनलाई घर फिर्ता गरेको थियो । घरमै रहेको अवस्थामा शनिवार १२ वजे उनको निधन भएको वुहारी आशा पुनले वताइन् ।

कुसुन्डा नेपालको लोपोन्मुख जातिमा पर्दछ । नेपालमा यो जातिका मानिसको संख्या करिव ३ सय भएपनि कुसुन्डा भाषा जान्नेमा ज्ञानीमैया एक्ली थिइन् । शरीरले साथ नदिदा पनि उनले विभिन्न ठाउँमा गएर कुसुन्डा भाषाको प्रशिक्षण दिने गरेकी थिइन् । कुसुृन्डा भाषा जान्ने नयाँ मान्छे कोही पनि नथपिदा उनी निकै निराश हुने गरेकी थिएन् । कुसुन्डा भाषा वोल्न जान्ने नयाँ मान्छे उत्पादन गर्ने उनको ठूलो सपना रहेको पनि वुहारी आशाले. वताइन् । उनका १ छोराको ६ वर्ष अगाडि माछा मार्ने क्रममा खोलामा करेन्ट लागेर मृत्यु भएको थियो भने दुइ छोरीको विहान भइसकेको छ । उनी वुहारी र नातिनासँग कुलमोहर गाउँमा वस्दै आएकी थिइन् । उनका लागि सरकारले घर समेत वनाइदिएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
संयुक्त टोलीले गर्यो ...

इनरुवा । सुनसरीस्थित सशस्त्र प्रहरी बल–४ नम्बर गण र भारतीय सीमा सुरक्षा बल (एसएसबी)को संयुक्त ...

नारायणगढ-मुग्लिन सडक ...

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डको सत्र किलोमा शुक्रबार बिहान बस र हायस ठोक्किँदा मृत्यु हुनेको संख् ...

पुटिनलाई युक्रेनमा छ ...

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बिहीवार युरोपले युक्रेनमा आक्रमण रोक्न क्रेमलिनलाई छुट दि ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved