भारतको ७१ औ स्वतन्त्रता दिवस गौरीफन्टामा भब्य कार्यक्रम गरि मनाइयो

  • माघ १२, २०७६
  • कालापानी मिडिया
alt

कृत बिष्ट,कैलाली । भारतको ७१ औ स्वतन्त्रता दिवस कैलालीको सीमानाका गौरीफन्टा नाकामा भब्य कार्यक्रम गरि मनाइएको छ ।
उक्त कार्यक्रममा नेपालको तर्फबाट सहभागी प्रमुख अतिथी धनगढी उपमहानगरपालिकाका मेयर नृप बहादुर वड रहेका थिए । सो कार्यक्रममा बोल्दै मेयर वडले नेपाल भारतका सम्बन्ध दाजुभाईको जस्तै भएको बताए । उनले कैलाली कञ्चनपुरका सिमा क्षेत्रमा आउने विवादलाई मिलेर समाधान गर्नुपर्ने बताए । मेयर वडले नेपाल सानो मुलुक भएको बताउदै एकआपसमा सहयोग गर्न तयार रहेको बताए । पुस्तौ पुस्तादेखी चल्दै आएको नेपाल भारतको सम्बन्ध मिलेर अगाडी बढाउनुपर्ने बताउदै उनले भारतको ७१ औं स्वतन्त्रता दिवसको शुभकामना दिए । 

83305383_171142540806045_7789814216621293568_n

यस्तै भारतको तर्फबाट कार्यक्रममा प्रमुख अतिथी रहेका भारतको विश्व हिन्दु परिषद सान्धी डा। प्राचीले जवानको बिचमा गणतन्त्र दिवस मनाउन पाउनु भारतको लागी ठुलो सौभाग्य प्राप्त भएको बताइन् । उनले भारतको ७१ औं स्वतन्त्रता दिवसको शुभकामना व्यक्त गरिन् ।

84016518_184808885965681_5971009001146548224_n

उक्त दिवसको अवसरमा दुवै जनाले संयुक्त रुपमा भारतीय राष्ट्रिय झण्डाको झण्डोत्तोलन गरेका थिए । कार्यक्रममा भारतका विभिन्न विशिष्ट व्यक्तिहरुको उपस्तिथी रहेको थियो भने नेपालबाट सुरक्षाकर्मी, जनप्रतिनिधी, पत्रकार लगाएतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
संयुक्त टोलीले गर्यो ...

इनरुवा । सुनसरीस्थित सशस्त्र प्रहरी बल–४ नम्बर गण र भारतीय सीमा सुरक्षा बल (एसएसबी)को संयुक्त ...

नारायणगढ-मुग्लिन सडक ...

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डको सत्र किलोमा शुक्रबार बिहान बस र हायस ठोक्किँदा मृत्यु हुनेको संख् ...

पुटिनलाई युक्रेनमा छ ...

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बिहीवार युरोपले युक्रेनमा आक्रमण रोक्न क्रेमलिनलाई छुट दि ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved