छ वटा प्रदेशले नाम र राजधानी टुंगो लगाए, प्रदेश १ को नाम कहिले जुर्ला ?

  • माघ ४, २०७८
  • कालापानी मिडिया
alt

इटहरी । देशभरका सात प्रदेशमध्ये ६ वटा प्रदेशले आफ्नो नाम र राजधानीको टुंगो लगाएका छन् । निर्वाचन भएर सरकार गठन भएको चार वर्ष पुरा हुन लाग्दा ६ वटा प्रदेशले यी विषयको टुंगो लगाएको भएपनि प्रदेश १ ले भने राजधानीको मात्रै टुंगो लगाउन सकेको छ ।

प्रदेशको नामको विषयमा अझै पनि सहमति जुट्न सकेको छैन । तत्कालिन नेकपाको नेतृत्वको सरकार दुई तिहाइ बहुमतमा थियो । त्यसबेला उक्त दलले नाम सम्बन्धी प्रस्ताव ल्याउनै सकेन । राजधानीको प्रस्ताव जसोतसो पारित गरेको भएपनि नाम पहिचानको आधारमा गर्ने कि भूगोलका आधारमा वा अन्य कुनै आधारमा राख्ने भन्ने विषयमा दलहरुबीच बेमेल छ ।

तत्कालिन नेकपाका दुई तिहाइ सदस्य पहिचानका आधारमा नाम राख्नुपर्छ भन्ने पक्षमा थिए । तर, तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको पहिचानको आधारमा नाम राख्नु हुँदैन भन्ने अडानका कारण रोकिएको थियो । अहिले प्रदेश २ अर्थात् मधेश प्रदेशले आफ्नो नाम र राजधानीको विषय सहजताका साथ त्यहाँको भावना अनुसार टुंगो लगाएपछि प्रदेश १ तिर देशभरको नजर परेको छ ।

गत कात्तिक १६ मा प्रदेशको तेस्रो मुख्यमन्त्री बन्न सफल राजेन्द्र राईले संचारकर्मीलाई प्रदेश नामकरण पहिलो प्राथमिकता भएको बताएका थिए । त्यसअघिका मुख्यमन्त्री शेरधन राई हुन् वा भीम आचार्य सबैको मुखमा नामको टुंगो लगाउने विषय प्राथमिकतामा थियो । तर, अहिलेसम्म त्यो हुन सकेको छैन ।

२०७४ फागुन ३ मा गठन भएको प्रदेश सरकारको ४ वर्ष पूरा हुन अब १ महिना बाँकी छ । मुख्यमन्त्री राजेन्द्र राई नेतृत्वको सरकार कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च गरी ५ दलीय गठबन्धनको छ । गठबन्धन दलभित्रै पहिचान र भूगोलका आधारमा मतभिन्नता रहेको छ । यही अवस्था प्रमुख प्रतिपक्षी दल एमालेमा पनि छ ।

एमालेका प्रदेशसभा सदस्यहरू प्रदेशको नाम भूगोल र पहिचानका आधारमा राखिनुपर्नेमा विभाजित छन् । आदिवासी जनजाति प्रदेशसभा सदस्य पहिचानका आधारमा प्रदेश नामकरण हुनुपर्ने पक्षमा छन् । प्रदेशसभामा पहिचानवादी सदस्यकै बाहुल्य रहेकाले नामकरण पेचिलो भएको हो ।

भूगोल पक्षधरलाई प्रमुख सत्ता घटक दल कांग्रेसको समर्थन देखिएको छ भने पहिचानवादीलाई माओवादी केन्द्रलगायतको समर्थन छ । पहिचानवादीहरू लिम्बुवान, खुम्बुवान, किरात र लिम्बुवान–खुम्बुवान–किरातमध्ये एउटा प्रदेशको नाम हुनुपर्ने अडानमा छन् । भूगोल पक्षधरहरू कोसी, सगरमाथा, विराट, कोसी–किरात, सगरमाथा–किरातमध्ये एउटा नाम राख्नुपर्ने पक्षमा देखिएका छन् ।

प्रदेश २ को नामाकरण टुंगो लागेसँगै सामाजिक सञ्जालमा पनि प्रदेश १ को नामाकरणबारे मिश्रीत धारणाहरु आइरहेका छन् । ती धारणाहरुमा कतिपयले पहिचान भनेका छन् भने कतिपयले भूगोलको आधारमा भनेका छन् । कतिपयले ऐतिहासिकता र सभ्यतालाई जोड दिइरहेका छन् । जे जस्तो क्रिया र प्रतिक्रिया आइरहेको भएपनि प्रदेश १ का लागि आफ्नो न्वारान गर्नुपर्ने दिन ढिला भइसकेको छ । वर्तमान गठबन्धन सरकारले प्रदेश २ ले जसरी सहजताका साथ यी विषयको टुंगो लगाएको छ सोही अनुसार टुंग्याउन लाग्नुपर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विश्वभर ८२ लाख नयाँ ...

काठमाडौं । स्वास्थ्य संगठन (डब्लूएचओ) ले गत वर्ष विश्वभर ८२ लाख नयाँ क्षयरोग (टीबी) का बिरामी पत्ता ...

तिहारको दोस्रो दिन ब ...

काठमाडौं : तिहारको दोस्रो दिन बिहीबार बिहान कुकुरतिहार मनाइँदै छ भने साँझ लक्ष्मीपूजा पनि गरिँदैछ। ...

अन्नपूर्ण आधार शिविर ...

म्याग्दी : म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved