भिम भुषाल
नवलपुर । पूर्वी नवलपरासीको दुई स्थानमा गएराति एनसेल टावरमा आगजनी भएको छ । प्रहरीका अनुसार पूर्वी नवलपरासीको बुंदीकाली २ कोटथर र कावासोती नगरपालिका १७ बभनौली गरी दुई स्थानमा एनसेल टावरमा आगजनी भएको हो ।
आगो विप्लव नेतृत्वको नेकपाले लगाएको हुन सक्ने आशंका गरिएको छ तथापि घटनाको जिम्मेवारी अहिलेसम्म कसैले लिएको छैन । आगलागीबाट टावर जलेर नष्ट भएको बताइए पनि क्षतिको यकिन विवरण आएको छैन ।
कावासोती १७ बभनौलीमा रहेको एनसेल टावरमा लागेको आगो स्थानीय र प्रहरीले नियन्त्रणमा लिएको थियो ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved